देवदह । देवदह नगरपालिका वडा नं ७ मा आत्महत्या न्यूनीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । देवदह प्रहरी चौकी खैरेनीसंगको सहकार्यमा शुक्रबार वडा कार्यालयले कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले आत्महत्या समस्याको समाधान नभई झन् ठुलो पारिवारिक र सामाजिक समस्या भएको बताइन् । जीवनमा आइपर्ने सबै दुख र अभावसंग जुधेर नै सफलता प्राप्त हुने उल्लेख गर्दै उनले यस प्रकारका अभिमुखीकरण कार्यक्रम टोलटोल सम्म नै यस प्रकारका कार्यक्रम पुर्याउने पर्नेमा जोड दिइन् ।
कार्यक्रममा वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, अभिमुखीकरण प्रशिक्षक मनोविद यशोधा बगाले, डा. आविष्कार अधिकारी, प्रहरी निरीक्षक एक्कबहादुर नेपाली, शिक्षक इन्दिरा अर्याल, स्वास्थ्यकर्मी हेमलाल कुँवर लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology