Logo

२०८३, श्रावण २७गते


images
images

देवदह - ७ मा वडास्तरिय आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्यदल गठन

देवदह - ७ मा वडास्तरिय आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्यदल गठन

images
  • देवदह - ७ मा वडास्तरिय आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्यदल गठन
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं ७ ले वडास्तरिय आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्यदल गठन गरेको छ । शुक्रबार वडामा आयोजित सर्वपक्षीय भेलाले कार्यदल गठन गरेको वडा कार्यालयले जनाएको छ । 

    images
    images
    images

    वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा आयोजित भेलाले आधारभुत स्वास्थ्य सेवा केन्द्र शितलनगरका प्रमुख हेमलाल कुँवरको संयोजकत्वमा कार्यदल गठन गरेको छ । जसको सहसंयोजकमा डा विक्रम काफ्ले र डा आविस्कार अधिकारी रहेका छन् । कार्यदलको सदस्यहरूमा इन्दिरा अर्याल, गणेश तिमल्सेना, रोहित वाग्ले, राधा लामिछाने, विष्णु कार्की, यामुना बुढाथोकी, क्रिष्टिना न्यौपाने, चन्द्रकान्त रेग्मी, एकका बहादुर नेपाली र मन्जु केसी रहेका छन् । 

    images
    images
    images

    नवगठित कार्यदलले वडाका विभिन्न टोलमा मनोपरामर्श कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । संयोजक कुँवरका अनुसार कार्यदलले असोज १८ गतेदेखि फाल्गुनसम्म हरेक महिनाको एकदिन विभिन्न उमेर समूहसंग मनोपरामर्श तथा अन्तरक्रिया कार्यक्रम गर्ने छ । कार्यक्रममा टोलविकास संस्था, आमा समूह र विद्यालय तथा क्याम्पसका बालबालिकालाई कार्यक्रममा जोड्ने जनाइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।