देवदह । गाउँ वन समन्वय सन्जाल देवदहले सव डिभिजन वन कार्यालय शितलनगरका प्रमुख रबिन्द्रनाथ चौधरीलाई देवदहमा स्वागत गरेको छ । बिहिबार एक कार्यक्रमबीच प्रगति सामुदायिक वनको कार्यालय परिसरमा वरिष्ठ वन अधिकृत चौधरीलाई स्वागत गरिएको हो ।
स्वागत कार्यक्रममा बोल्दै संजालका अध्यक्ष खेमनारायण अधिकारीले वन-वन बीच आपसी सहयोग र सद्भाव लागि संजालले काम गरिरहेको बताए । उनले वनहरूबीच तिक्तता हुन नहुने उल्लेख गर्दै त्यसमा अनुगमन गर्ने निकायले पनि आवश्यक सहजीकरण र समन्वय गर्नुपर्ने औंल्याए ।
कार्यक्रममा बोल्दै सव डिभिजन वन कार्यालय शितलनगरका प्रमुख वरिष्ठ वन अधिकृत रबिन्द्रनाथ चौधरीले वन संरक्षण र विकासमा सामुदायिक वन र त्यसमा जोडिएका अभियन्ताहरूको महत्वपुर्ण योगदान रहेको बताए ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ देवदह नगर अध्यक्ष सरोज कुमार थापा, शिवालय सामुदायिक वनका अध्यक्ष रामचन्द्र पाध्य पौडेल लगायतले बोलेका थिए ।
संजालका उपाध्यक्ष तथा जनप्रिय सामुदायिक वनका अध्यक्ष रुका सापकोटा स्वागत रहेको कार्यक्रममा संजालका सचिव तथा बुद्ध सामुदायिक वनका अध्यक्ष टेक बहादुर राना संचालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology