देवदह । लुम्बिनी प्रदेशसभा सदस्य दिपा विक लगायतको टिमले देवदह र रोहिणि गाउँपालिकाको डुवान प्रभावित क्षेत्रका जनतासंग भेटघाट तथा छलफल गरेको छ । बर्षातमा डुवानबाट बस्तीलाई बचाएर डुवानको दिगो व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भएको वडा नं. ३ का अध्यक्ष बैकुण्ठ बहादुर कुंवरले बताए ।
भेटघाटमा देवदहको हात्तीडाँडा र बसन्तपुरका जनताले बसन्तपुर ड्यामका कारण बस्ती डुवानमा परेको उल्लेख गर्दै विकल्प खोज्न अनुरोध गरेका थिए । पिडितको गुनासो सुनिसकेपछी प्रदेशसभा सदस्य दिपा बिकले आफुले लुम्बिनी प्रदेश सरकार र सरोकारवाला निकायसँग छलफल गरेर दीर्घकालीन समाधानको लागि पहल गर्ने बताएकी थिईन ।
उक्त भेटघाटमा देवदह वडा नं. ३ का अध्यक्ष बैकुण्ठ कुँवर, नेकपा माओवादी केन्द्रका, सुजित बिक, केदार काफ्ले, लेखनाथ न्यौपाने, चुडामणि भारती लगायत स्थानीयहरूको सहभागीता रहेको थियो
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology