Logo

२०८३, आश्विन ९गते


images
images

बहस

१९ औं र २० औं शताब्दीको समाजवादबारे बहस

१९ औं र २० औं शताब्दीको समाजवादबारे बहस

images
  • १९ औं र २० औं शताब्दीको समाजवादबारे बहस
    images
    images

    युरोपभर चर्चामा रहेको कम्यूनिष्टको भूतले पूँजीपति वर्गलाई तर्साएको र कम्यूनिष्ट सिद्धान्त संसरमा अस्वीकार गर्नै नसक्नेगरी स्थापित भैसकेको थियो । सम्पूर्ण मानव समाजको आजसम्मको इतिहास वर्गसंघर्षको इतिहास हो । त्यस्तो संघर्षमा प्रत्येक पटक एउटा वर्ग विजयी हुन्छ र अर्को वर्ग पराजित हुन्छ । समाजमा जसले आफ्नो स्वतन्त्रता गुमाएर श्रम गर्दछन्, तिनीहरु सम्पत्तिविहिन हुन्छन् । तर जसले श्रम गर्दैनन्, तिनीहरु अथाह सम्पत्तिका मालिक हुन्छन् । त्यस्तो व्यवस्थाका पक्षपाती पूँजीवादीहरुले व्यक्तिगत स्वतन्त्रताको कुरा गर्नु हास्यास्पद हुन्छ ।
     
    पूँजीवादीले निर्माण गरेको कानून, नैतिकता र सँस्कृतिको वकालत मजदुर वर्गका लागि होइन पूँजीपति वर्गको स्वतन्त्रताको सिमासम्म मात्र रहन्छ । काल्पनिक समाजवादीहरुले पूँजीवादका खराबीहरुबाट तिखो आलोचना गरे, उनीहरुले समानतामूलक आर्थिक राजनीतिक प्रणालीको वकालत पनि गरे तर त्यो प्रणाली निर्माणको अपेक्षा समाजको उत्पादन पद्धतिको जगमा उभिएको थिएन ।

    images
    images
    images

     भावनात्मक दृष्टिले पूँजीवादी र सर्वहारा बिच मेल गराएर आर्थिक अधिकारमा समानता ल्याउने उनीहरुको मान्यता  थियो । उनीहरुले पूँजीवादी शोषणको राम्रो चिरफार त गरे तर त्यसको विकल्पमा वैज्ञानिक बाटो देखाउन सकेनन् । पूँजीवादको विकास भएका देशमा शोषण र उत्पीडन देखेर फ्रान्सका सेन्ट साइमन, चाल्र्स फुरिय र ब्रिटेनका रोवर्ट ओवेनले पूँजीवादको विकल्पमा एउटा समतामूलक समाजको कल्पना गरे । उनीहरुले पूँजीवादी वर्गसँग साझेदारी गरेर समाजवाद ल्याउने झुठ्ठा कुरा पनि गरे तर त्यतिबेला त्यो सम्भव थिएन ।

    images
    images
    images

    समाजवादी व्यवस्थाले कसैमाथि आर्थिक शोषण गर्दैन । यो उन्नत मानवीय एवम् समाजवादी चेतनामा आधारित हुन्छ । साँस्कृतिक क्रान्ति नै यस्तो क्रान्ति हो, जसले मानवको जीवनपद्धतिमा सोंच्ने तरिका र श्रमप्रति विश्वास गर्ने, मानिसबिच समानताको  भावना विकसित गर्ने काम गर्दछ । अहिले युरोपका समाजवादी देशहरु विघटन भएका छन् ।  

    images
    images
    images


    २० औं शताब्दीको पूर्वार्धमा माक्र्सवादी विचारक मानिने ग्राम्सीले फाँसीवासी विचारको विरुद्ध जुध्न र साम्यवादी विचारको विकास गर्ने कुराले विश्वभरी कम्यूनिष्ट आन्दोलनमा नयाँ बहसको सृष्टि भयो । कल्पनावादी विचारको विरुद्धमा कार्ल माक्र्स, फ्रेडरिक एङगेल्सले सत्तासीन पूँजीवादी वर्गले राजनीतिक आर्थिक अधिकारमा स्वेच्छाले समानता दिन नसक्ने भएकाले वर्गसंघर्ष मार्फत सत्ताको छिनोफानोको मान्यता अगाडी सारे । वैज्ञानिक समाजवादका प्रवद्र्धक माक्र्स एङ्गेल्स नै हुन्, त्यसैले सन् १८४८ को प्रकाशित कम्यूनिष्ट घोषणापत्र नै वैज्ञानिक समाजवादको व्यवस्थित प्रारुप मानिन्छ । 

    उक्त समयमा बेलायतमा प्रकाशित कम्युनिष्ट घोषणापत्र र वैज्ञानिक समाजवादले विश्वव्यापी लोकप्रियता पायो । त्यसबाट आर्थिक राजनीतिक विश्व परिवेशमा माक्र्सको समाजवादी सोँच विस्तार हुँदैगर्दा त्यसको विकल्पमा प्रजातान्त्रिक समाजवाद आयो । वैज्ञानिक समाजवादी चिन्तकको श्रेय कार्लमाक्र्स र फ्रेडरिक एङ्गेल्सलाई जान्छ भने प्रजातान्त्रिक समाजवादको प्रतिपादन गर्ने कुनै एक व्यक्ति देखिदैन । तर प्रवक्ताको रुपमा धेरै विद्धान देखा पर्दछ जस्तै वर्नस्टिन, वेलायतका मजदूर नेता क्लेमेन्ट आर एटली, होराल्ड, लास्की, इवान एफएम डार्विन, श्रमिक नेता फ्रान्सिस विलियमले प्रजातान्त्रिक समाजवादको वकालत गरेका छन् । 

    फ्रेडरिक एड्गेल्सको मृत्युपछि सन् १८१७ को दोस्रो इन्टरनेशनल भित्र माक्र्सवादका विरुद्ध पहिलो पटक संसोधन प्रस्ताव पेश गर्ने व्यक्ति एडवर्ड वर्नस्टिन हुन् । उनले द्वन्द्वात्मक भौतिकवाद, वैज्ञानिक समाजवाद र सर्वहारा वर्गको अधिनायकत्वलाई अस्वीकार गरी वर्ग संघर्षलाई समाप्त पार्दै लैजाने सिद्धान्त अगाडी सारेका थिए । उनले विकासवादी सिद्धान्तलाई अवलम्बन गर्दै समाजवादीलाई अस्वीकार गरेर प्रजातान्त्रिक समाजवादी सिद्धान्तको वकालत गरे ।

    लेनिनले रुपमा वर्नस्टिनको संसोधनको व्यापक आलोचना गरे । किनकी पूँजीवादको औद्योगिक उत्पादनको क्षेत्र २० औं शताब्दीमा मूलतः पूँजीवादको रुपमा विकसित भैसकेको थियो । १९ औं र २० औं शताब्दीमा पूँजीवादले खडा गरेको भीमकाय संरचनाहरुले २१ औं शताब्दीको अर्थतन्त्रमा बदलाव ल्याएको देखिन्छ । 

    प्रजातान्त्रिक समाजवादीहरुले नैतिकताका आधारमा आदर्शवादी व्याख्या गरेका छन् । आर एस टायन्वी प्रजातान्त्रिक समाजवादका अग्रणी चिन्तकको रुपमा देखा परे । उनले सन् १९१९–२१ मा ‘द आक्वीजिटिभ सोसाइटी’ पुस्तक प्रकाशन गरे, र प्रजातान्त्रिक समाजवादको पक्षमा आफ्नो तर्क प्रस्तुत गरे ।
    पूँजीवादी अवस्थामा विना कामको सम्पत्ति थुप्रिन सक्छ, त्यस्तो सम्पत्तिले समाजवादलाई कुनै काम दिदैन, बरु मुनाफा र शक्ति आर्जनमा अग्रसर भएर समाजमा असमानता, नैतिक र बौद्धिक पतन निम्त्याउँछ  । यसको निराकरणका लागि सामाजिक व्यवस्थालाई सेवामूलक बनाउनुपर्छ र उद्योगको हितलाई सामाजिक हितको दायरा भित्र ल्याउनुपर्छ भन्ने तर्क राख्ने उनीहरुले मात्र होइन अमेरिकाले पनि प्रजातान्त्रिक समाजवाद को सिको बेलायतबाटै गरेको देखिन्छ ।  

    अमेरिकाका २८ औं राष्ट्रपति बुड्रो विल्सनले (मार्च ४, १९१३) मा न्यू फ्रिडमको सोँच लिएका थिए भने ३२ औं राष्ट्रपति फ्याडाक्र्लन डोलनोले ‘न्यू डिल इकोनोमिक्स पोलिसी’ मा समेत प्रजातान्त्रिक समाजवादको समर्थन गरेका थिए । भारतमा राममनोहर लोहिया र जय प्रकाश नारायणले प्रजातान्त्रिक समाजवादको अनुशरण गरेका थिए भने नेपालमा उनीहरुको प्रभावबाट वि.पी. कोइरालाले पनि प्रजातान्त्रिक समाजवाद स्वीकार गरे । 

    उन्नाइसौं शताब्दीको मध्यतिर देखापरेको समाजवादी अवधारणालाई इसाइ गुरुहरुले विस्तारै अनियन्त्रित प्रतियोगिताको नीति बहिष्कार गर्दै ल्याए । उनीहरुले श्रमको महत्व र सम्पत्तिको सामाजिक उपयोग एवम् प्रयोगको सिद्धान्त स्वीकारे । खासगरी बेलायतका चाल्र्स फिग्सेल र फ्रेडरिक डेनिसन जस्ता पादरीहरुले इसाइ समाजवादी आन्दोलनलाई प्रोत्साहन गरेका थिए । पादरीरुको उपदेश थियो गास, बास, कपासमा सर्वसाधरणको पहुँच हुनुपर्ने, विपक्षीहरुलाई सुरक्षा हुनुपर्ने, साधारण मानिसले पनि जीवन संयमित र सजिलो प्रकारले व्यतित गर्न पाउनपर्ने, यो संसारलाइ नै सुखी जीवन दिन प्रयत्नशील हुनुपर्ने जस्ता कुराहरु प्रचार गरे । यसका साथै निःशुल्क पाठशाला र शिक्षा सर्वसुलभ हुनुपर्ने र सहकारी उत्पादनको लागि संघर्ष गर्नुपर्ने जस्ता गुणहरु समाजवादसँग मिल्दाजुल्दा भएकाले पनि इसाइ सम्प्रदायलाई समाजवाद भन्न सकिन्छ ।

    माक्र्स  र एङ्गेल्सले समकालिन युरोपमा भएको राजनीतिक व्यवस्थाका साथमा विभिन्न प्रकारका चिन्तकहरुले व्याख्या गरेका समाजवादको विवेचना गरेका छन् । घोषणापत्रमा उनीहरुले काल्पनिक समाजवाद, सामन्ती समाजवाद, पूरोहित समाजवाद, निम्न पूँजीपति समाजवाद, इसाइ समाजवाद, जर्मन समाजवाद लगायत राज्य प्रणालीका रुपहरुमाथि चर्चा गरेको पाइन्छ । 

    एक्काइसौं शताब्दीका समाजवादी चिन्तक अल्वर्ट आइन्स्टाइनले बढी मर्मका साथ सोभियत संघको समाजवाद विघटन प्रति भन्नुभएको छ – “राजनीतिक र आर्थिक शक्तिको व्यापक केन्द्रिकरण हुने स्थितिमा शासनतन्त्र (नोकरशाही) लाई अति शक्तिसम्पन्न प्रभुसत्ता र अहङ्कारी हुनबाट कसरी रोक्ने भन्ने ध्यान दिइएन । व्यक्तिको अधिकार  कसरी सुरक्षित गर्ने, यसको साथै शासनतन्त्र कसरी रोक्ने भन्ने ध्यान दिइएन । व्यक्तिको अधिकार कसरी सुरक्षित गर्ने, यसका साथै शासन (नोकरशाही) को शक्तिलाई निष्प्रभाव बनाउने खालका र प्रजातान्त्रिक शक्तिको सुनिश्चितता गर्न सकिएन ।”  

    माक्र्स र एड्गेल्सले पूँजीवादको गर्भबाट समाजवादको जन्म हुने भनि वैज्ञानिक समाजवादको व्याख्या गरे । वैज्ञानिक समाजवादले राज्य र इतिहास सम्बन्धी विद्यमान अभिभूतवादी, आदर्शवादी, सारसङ्ग्रहवादी सबै धारणालाई खारेज गरेको छ । यसले सामाजिक उत्पादन पद्धतिको जगमा उभिएको वैज्ञानिक र भौतिकवादी दृष्टिकोणको विवेचना गरेर निष्कर्ष निकालेको देखिन्छ । त्यसैले माक्र्स र एड्गेल्सले अगाडी सारेको वैज्ञानिक समाजवाद राज्यसम्बन्धी मौलिक र वस्तुवादी मोडेल भएको ठहर गरिएको छ । यसका विशेषताहरुमा पूँजीवादको गर्भबाट समाजवादको जन्म हुन्छ । त्यसले संक्रमणको प्रारम्भिक चरणमा पूँजीवादका कैयौं गुण बोकेको हुन्छ । यद्यपि ती गुणहरु उत्पादन पद्धतिको विकासको क्रममा पैदा भएका अनिवार्य तर अस्थायी गुणहरु हुन् ।

    समाजवादको तिव्र विकासको प्रक्रियाले पूँजीवादका अवशेषहरु क्रमशः अन्त्य गरिदिन्छ । पूँजीवादी व्यवस्थामा उत्पादनका साधनहरुमाथि पूँजीपति वर्गको स्वामित्व रहन्छ । तर वैज्ञानिक समाजवादी व्यवस्थामा उत्पादनका साधनहरुप्रति सामुहिक स्वामित्व हुन्छ । यस्तो स्वामित्व दुई रुपमा हुन्छन् ।

    (१) राजकीय स्वामित्व 
    (२) सहकारीमा आधारित सामाजिक स्वामित्व । 

    समाजवादी व्यवस्थाले कसैमाथि आर्थिक शोषण गर्दैन । यो उन्नत मानवीय एवम् समाजवादी चेतनामा आधारित हुन्छ । साँस्कृतिक क्रान्ति नै यस्तो क्रान्ति हो, जसले मानवको जीवनपद्धतिमा सोंच्ने तरिका र श्रमप्रति विश्वास गर्ने, मानिसबिच समानताको  भावना विकसित गर्ने काम गर्दछ । अहिले युरोपका समाजवादी देशहरु विघटन भएका छन् । 

    एक्काइसौं शताब्दीका समाजवादी चिन्तक अल्वर्ट आइन्स्टाइनले बढी मर्मका साथ सोभियत संघको समाजवाद विघटन प्रति भन्नुभएको छ – “राजनीतिक र आर्थिक शक्तिको व्यापक केन्द्रिकरण हुने स्थितिमा शासनतन्त्र (नोकरशाही) लाई अति शक्तिसम्पन्न प्रभुसत्ता र अहङ्कारी हुनबाट कसरी रोक्ने भन्ने ध्यान दिइएन । व्यक्तिको अधिकार  कसरी सुरक्षित गर्ने, यसको साथै शासनतन्त्र कसरी रोक्ने भन्ने ध्यान दिइएन । व्यक्तिको अधिकार कसरी सुरक्षित गर्ने, यसका साथै शासन (नोकरशाही) को शक्तिलाई निष्प्रभाव बनाउने खालका र प्रजातान्त्रिक शक्तिको सुनिश्चितता गर्न सकिएन ।”  

    यिनै विविध कारणले सोभियत समाजवादको विघटन हुन पुग्यो र यसको नकारात्मक असर विश्वभरी नै प¥यो । यसर्थ यो पूँजवादीको जीत पनि होइन र समाजवादको हार पनि अन्तिम होइन, यसमा वहस चलाउने र एक्काइसौं शताब्दीको समाजवाद कस्तो हुने भन्ने बारे अल्वर्ट आइन्स्टाइन, चे ग्वेरा, पाउलो फ्रोर, रोलमोडल र वसहका अनुकरणीय चिन्तक हुन भन्न सकिन्छ । नेपालको सन्दर्भमा पनि कस्तो किसिमको समाजवाद चाहिएको हो ?  त्यसबारेको बहस आवश्यक छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समाजवाद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।