Logo

२०८३, आश्विन १०गते


images
images

रुपन्देहीको रोहिणी गाउँपालिकाका सात स्थानीय तह मध्य छ वटा वडा डुबानमा

रुपन्देहीको रोहिणी गाउँपालिकाका सात स्थानीय तह मध्य छ वटा वडा डुबानमा

images
  • सेतोमसी सहकर्मी
  • रुपन्देहीको रोहिणी गाउँपालिकाका सात स्थानीय तह मध्य छ वटा वडा डुबानमा
    images
    images

    सन्जय लामा, रोहिणी । रुपन्देहीको रोहिणी गाउँपालिकाका सात स्थानीय तह मध्य छ वटा वडा डुबानमा परेको छ। देवदह नगरपालिका हुँदै रोहिणी गाउँपालिकाबाट बगेर भारतको मिसरौला क्षेत्रमा पुग्ने बगेला खोलाले रोहिणी गाउँपालिकाको स्थानीयबासीलाई उठिवास बास बनाए छ। दुई दिन देखि लगातार परेको भारी बर्षाको कारण रोहिणी गाउँ पालिका भित्र पर्न सबै भन्दा जोखिम वडा मध्य ३ र ४ परेको छ । 

    images
    images
    images

    रोहिणी गाउँ पालिका वडा नम्बर ४ का वडाध्यक्ष तारानाथ यादवको भनाई अनुसार तरकुल्हा पकडीहवा सेमरहवा छिपागढ विरनी डगरमर्वा सैहीविहवा औरहवा हुँदै गजन्पुर लगातको गाउँ डुबान परेको  छ । 

    images
    images
    images

    रोहिणी गाउँपालिका ३ नम्बर वडा मध्य सेमरहवामा २६ घरधुरी मध्य १६ घर डुबान परेको हुदा उक्त घर धुरी लाई वडाध्यक्ष निम बहादुर घर्ती ले तिरपाल वितरण गरेको जानकारी दिएका थिए । भने रोहिणी गाउँपालिका वडा मध्य ५ नम्बर वडा बरौहवा नैडहवा लगायत २० घर धुरी डुबान परेको छ भने ६ नम्बर वडा बिण्णुपुर गाउँ गरि वडा नम्बर एकमा सामान्य बाढी गएको गाउँ पालिका अध्यक्ष सनोज यादव ले जानकारी दिएका थिए ।

    images
    images
    images


    बिपद ब्यवस्थापन तथा उद्दार टोलिको लागि जिम्मेवारी शस्त्र प्रहरी बल र जनपथ प्रहरीलाई दिएको गाउँ पालिका अध्यक्ष यादवले जानकारी दिएका थिए उक्त उद्दार को लागि ज्याकेट ,डुङ्गा लगाए सामाग्री समेत प्रदान गरिएको जानकारी गराएका थिए । 

    त्यसैगरी, हुलाकी राजमार्ग मध्य भुमही हुँदै भैरहवा सडकखण्ड सडक बाटो पानी बगेको कारण अवरुद्ध भएको थियो । अहिले उक्त सडक खण्ड सन्चालन भएको धकधई इलाका प्रहरी कार्यलयका उपरीक्षकले जानकारी गराएका थिए भने उक्त पानीको कारण आज बिहान साडे दस बजे पि.बि १९ एच ९३९८ नम्बरको भारतीय ट्रक सेमरहवामा पल्टेको जानकारी गरादै उक्त ट्रक मा सवार धकधई प्रहरिले उद्दार गरि चालक सकुशल रहेको जानकारी दिएका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोहिणी गाउँपालिका
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।