Logo

२०८३, आश्विन ९गते


images
images

जनजीवन

राजधानीमा मकै पोलेरै राजादेखि बालेन भोगेकी लक्ष्मीदेवी, भन्छिन् - 'युग फेरियो, जीवन फेरिएन'

राजधानीमा मकै पोलेरै राजादेखि बालेन भोगेकी लक्ष्मीदेवी, भन्छिन् - 'युग फेरियो, जीवन फेरिएन'

images
  • सेतोमसी सहकर्मी
  • राजधानीमा मकै पोलेरै राजादेखि बालेन भोगेकी लक्ष्मीदेवी, भन्छिन् - 'युग फेरियो, जीवन फेरिएन'
    images
    images

    टोपलाल अर्याल, काठमाण्डौ । बबहरमहल सडक छेउमा सानो छाप्रो छ । मध्यान्ह १२ बजेबाट आगो दन्किन्छ । छाप्रो पुत्याउन थालेपछि मकै खानेहरु आउन थाल्छन् । घामपानी मात्रै छेक्ने छाप्रोले लक्ष्मीदेवीको उमेर छेकेन । ‘३५ बर्षको उमेरमा काठमाण्डौ आउँदा राता गाला, मनमा उर्जा र आँखामा आशा थिए । छाप्रोमै बसेका २५ बर्ष भए, ’उनले भनिन, ‘छाप्रोको धुँवामै बैश गुम्यो । अहिले म ६० पुगें ।'

    images
    images
    images

    सिन्धुपाल्चोक चौताराकी ६० बषीैया लक्ष्मीदेवी काठमाण्डौ आउँदा डेढ रुपैयाँमा काँचो मकै पाइन्थ्यो । तीन सय रुपैयाँ कोठा भाडा थियो । साढे दुई दशकमा मकै १५ रुपैयाँ पुग्यो । महिनामा सात हजार कोठा भाडा बुझाउनुपर्छ ।

    images
    images
    images

    उनले बबरमहलको सडक छेउँमा हरेक दिन १२ बजेदेखि साँझ ७ बजेसम्म मकै पोल्छिन्  । लक्ष्मीदेवीका अनुसार सिजनमा एक सय घुँगा मकै बिक्री हुन्छन् । अहिले दैनिक ७० वटा मकै बिक्री भइरहेका उनले सुनाइन् । उनले भनिन् 'प्रति पोलेको मकै ४० पर्छ । कालीमाटीबाट काँचो मकै लिएर पोल्नुपर्ने भएकाले गाडीभाडा पनि तिर्नुपर्छ ।'

    images
    images
    images

    श्रीमानले अर्कैसंग बिहे गरेपछि लक्ष्मीदेवी समस्यामा परिन् । जीविकोपार्जनको गतिलो माध्यम गाउँमा नभएपछि उनीहरु राजधानी झरे । उनले सुरुमा घरघरमा काम गरेर जोहोको मेसो गरिन् । साना दुई छोरीसहितकी लक्ष्मीदेवीलाई घरमा काम गरेर कमाएको पैसाले पुगेन । उनले घरहरुको कामसंगै फुटपाथमा बदाम, काँक्रा र तरकारी पनि बेच्न थालिन् । 

    व्यस्त बजार छेउँ भएकाले सवैखाले मान्छे मकै किन्न लक्ष्मीदेवीसंग आउँछन् । उनले पिल्साएर पोल्ने भएकाले मकै स्वादिष्ट पनि हुन्छ । मिठा मकै बेच्ने लक्ष्मीदेवी मिजासिली छन् । सवैसंग हाँसेर व्यावहार गर्छिन् । त्यसैले छाप्रोमा धेरै ग्राहक आउँछन् । 

    उमेरले दाँत खसे, गाला चाउरी परे । तर, परिस्थतीले छाप्रो छोड्न सक्दैनन् । ठुली छोरीले बिहे गरिन् । कोठामा भएकी कान्छीछोरीले पनि एउटा कार्यालयमा काम गर्छिन् । लक्ष्मीदेवीको जीवन अहिले केहि सहज भएको छ । छोरीले 'अब काम नगर्नुस् आमा  कोठामै बस्नुस् पनि भन्छिन् ।' तर, उनको मनले मान्दैन् । ‘हातखुट्टाले काम गर्नेबेलासम्म आफैले कमाउने हो । छोरीले आफैलाई कमाउनुपर्छ ।' उनले भनिन, ‘ठूलो रोग नलागे अझै पाँच÷सात बर्ष काम गर्छु ।’ 

    अहिले काठमाण्डौमा फुटपाथका धेरै ठाउँमा पसल छैनन् । सेतोमसीको प्रश्नमा लक्ष्मीदेवीले आफुले मापदण्ड नमिचेको हुनाले आफुलाई कसैले नहटाएको बताइन् । 

    उनले नाक छोपेर हिड्नुपर्ने काठमाण्डौमा अवस्था फेरेकोमा काठमाडौंका मेयर बालेनको खुलेर प्रशंसा गरिन् । ठूलादलप्रति आक्रोशित भण्डारीले पहिले पनि लौरोमै भोट राखेको बताइन् । ‘मलाई पनि लखेटे हाँसेर छोड्छु । तर, राम्रोलाई राम्रो गरेको भन्ने हिम्मत राख्नुपर्छ,’ उनले भनिन, ‘ठूला दलहरुबाट कुनै आशा देखिएन । बालेनले केही गर्छन् भन्ने आश अझैपनि छ ।'

    डाँडा बसेको उमेर जीवनसंगै ठूलो आशा छैनन् । तर, सन्ततीकै लागि पनि स्वदेशले सपना देखाउन नसकेकोमा लक्ष्मीदेवीले दुःख व्यक्त गरिन् । 'अहिले सवैले गाउँ छोडे । शहर झरेका पनि शहरमा छैनन् । काम गरे आफ्नै धर्तीमा सुन फल्छ भन्ने कसैलाई रहर छैन् ।'  यो भनिरहदा चाउरी परेको अनुहारमा पिडा र आक्रोश देखियो ।

    लक्ष्मीदेवी सिन्धुपाल्चोकबाट काठमाडौं आउँदा देशमा राजतन्त्रात्मक व्यवस्था थियो । राजाकै खटनपटन चल्थ्यो । यसबीचमा धेरै आन्दोलन भए । देशको राजनीतिक व्यवस्थामा आमुल परिवर्तन भयो । राजतन्त्र गएर गणतन्त्र आयो । एकात्मक शासन प्रणाली फेरिएर संघात्मक व्यवस्था आयो । दर्जनौं प्रधानमन्त्री फेरिए । तर लक्ष्मीदेवीको जीवनशैलीमा कुनै परिवर्तन आएन । उनी भन्छिन्, 'देशमा गणतन्त्र आयो ।  अरु केके फेरियो, युगै फेरियो भन्छन् । खै हाम्रो जीवन त फेरिएको छैन । हामी जहाँको तही छौं, हिजो पनि यही झुप्रो थियो ।  आजपनि यही छ ।'  

    लक्ष्मीदेवीले पनि शिक्षा, स्वास्थ्य र रोजगारीको आशा राज्यसंग राखिन् । चरम आर्थिक संकटकाबिच बल्झिएको राजनैतिक स्वार्थ सत्ताका कारण दैनिक हजारौ युवाहरु बिदेश पलायन भइरहेका छन् । नेपालमा सामाजिक सुरक्षाको पाटो पनि अत्यन्तै दु:खदायी छ । जसका कारण उमेर नपुगेका बालबालिकादेखि उमेर ढल्किएका जेष्ठ नागरिकहरु सडकमा जीवन खोज्न बाध्य छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जनजीवन
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।