सुनवल । विहिवार देखि परेको अविरल वर्षातका कारणका पुर्व पश्चिम राजमार्गको सुनवल स्थित तुरिया खोलाको पक्की पुल भासिएको छ ।
पक्की पुल (कलपट) भासिए पछि सडकको आवागमन ठप्प भएको छ । वैकल्पिक व्यवस्था नभए सम्म यातायात सुचारु हुन नसक्ने जिल्ला प्रहरी कार्यालय नवलपरासीले सेतोमसीलाई जानकारी दियो ।
प्रहरीले भासिएको पुलबाट सवारी साधन आवागमनमा रोक लगाएको छ । कहि जान आवश्यक भएकाहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology