देवदह । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ओली पक्ष र असन्तुष्ट पक्षविच भएको १० बुँदे सहमती अनुसार पार्टीका सबै तह र जनवर्गीय संगठनको अवस्था २०७५ जेष्ठ २ मा फर्किने भएको छ । पार्टीमा लामो समयसम्म माधव नेपाल समूहमा रहेर अन्तरसंघर्ष गरेका दोस्रो तहका दर्जनौ नेताहरूले आंशका कै विच पनि उक्त १० बुँदे सहमति लागू हुने विश्वास व्यक्त गरेका छन ।
यसैविच हामीले नेकपा एमाले देवदहमा के हुन्छ भनेर एमालेका नगरस्तरीय नेताहरूलाई सोधेका छौँ । हाम्रो जिज्ञासामा एमालेका बर्तमान नगर अध्यक्ष प्रकाश अर्यालले यस विषमा पार्टीले सोंच्ने बताए । तत्कालीन अवस्थामा एमालेका देवदह इन्चार्ज रहेका अर्यालले एमाले र माओवादीपछि बनेको नेकपा देखि हालसम्म पनि नगरअध्यक्षको रुपमा काम गर्दै आएका छन् ।
साथै, देवदह नगरपालिकाका उप-प्रमुख समेत रहेकी एमाले नेतृ विद्यालक्ष्मी गुरुङलाई हामीले पार्टी संरचना जेठ २ मा फर्किने भएपछि देवदहको अध्यक्ष तपाईं होला नि भनेर सोधेका छौँ । हाम्रो जिज्ञासामा गुरुङले भनिन् - "हुन त पर्ने हो, खै पार्टीले के गर्छ।" गुरुङ पार्टी एकता हुनु अघि पार्टीको देवदह नगर अध्यक्ष थिईन् ।
त्यसैगरी, माओवादी केन्द्रबाट हाल एमाले प्रवेश गरेका मन कुमार कनौजेले भने फरक प्रतिक्रिया जनाए । उनका अनुसार जहाँ जहाँ नेकपाकालिन समिति छ । अर्थात् नेकपा हुँदाको बखतका अध्यक्ष र सचीव दुबै जना हाल एमालेमै छन् भने त्यस्तो अवस्थामा कायम रहेको कमिटी नै आधिकारिक हुने उनले बताए । कनौजेलाई पार्टी एकता हुनेबेला माओवादी केन्द्रले सचीवको भुमिकामा पठाएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology