Logo

२०८३, श्रावण २७गते


images
images

बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते

बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते

images
  • बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
    images
    images

    राजेश पराजुली, पोखरा । बागलुङको बुर्तिबाङमा घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

    images
    images
    images

    जिल्लाको ढोरपाटन नगरपालिका-१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार पुनः निर्माणका क्रममा एक्कासि घर भत्किँदा काम गरिरहेका घरधनी विकसहित अन्य ११ जना मजदुर घाइते भएका थिए ।

    images
    images
    images

    विकको उचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

    उनका अनुसार घाइते हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका-९ का २६ वर्षीय शङ्कर पन्थी, काठमाडौँ महानगरपालिका-१० का २४ वर्षीय सुगान्त पौडेल, बागलुङको ढोरपाटन-४ का खडकप्रसाद विक, सोही ठाउँका २० वर्षीय ईन्द्र रसाइली ४० वर्षीया कोपिला छन्त्याल, ५० वर्षीय शुभ बुढामगर, ढोरपाटन-१ का ४० वर्षीया देवीसरा विक, सोही ठाउँकी ३० वर्षीया थम कुमारी विक, तमानखोला गाउँपालिका-१ की ३८ वर्षीया खममाया घर्ती, ३५ वर्षीय टेकबहादुर विक र ५१ वर्षीया टेकमाया रसाइली छन् ।

    घरले पुरिएका सबैको उद्धार गरी स्वास्थ्य केन्द्रमा लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बागलुङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।