Logo

२०८३, श्रावण २७गते


images
images

पर्यटन पूर्वाधार निर्माण हुँदै

पर्यटन पूर्वाधार निर्माण हुँदै

images
  • पर्यटन पूर्वाधार निर्माण हुँदै
    images
    images

    बागलुङ । बागलुङमा वर्षौँदेखि चर्चामा आएका र ओझेलमा रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ ।

    images
    images
    images

    गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस वर्ष बागलुङका ७६ स्थानमा पर्यटकीय संरचना बनाउन थालेको छ । जिल्लाका १० वटै पालिकामा पर्यटन पूर्वाधार बनाउनका लागि ६ करोड ४० लाख विनियोजन गरेको छ । पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत योजना कार्यान्वयन हुन थालेका हुन् ।

    images
    images
    images

    ७६ योजनामध्ये हालसम्म ५८ योजना सम्झौता भएर कार्यान्वयनमा रहेका छन् भने १८ योजना सम्झौताका चरणमा रहेका जनाइएको छ । ती मध्ये सबैभन्दा बढी २० योजना बागलुङ नगरपालिकामा परेका छन् ।

    images
    images
    images

    यसका लागि दुई करोड ३५ लाख विनियोजन भएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिए । जैमिनी नगरपालिकामा १३ योजना परेका छन् । यसका लागि ९५ लाख विनियोजन भएको छ ।

    काठेखोला गाउँपालिकामा १५  योजनाका लागि ९० लाख, गलकोट नगरपालिकामा नौ योजनाका लागि ७० लाख बजेट विनियोजन भएको प्रमुख थापाको भनाइ छ ।

    उनका अनुसार बडिगाड गाउँपालिकामा पाँच वटा योजना परेका छन् । जसका लागि ३० लाख विनियोजन भएको छ । निसीखोला गाउँपालिकामा तीन वटा योजना छन् भने ३० लाख बजेट विनियोजन भएको छ ।

    ढोरपाटन नगरपालिकामा चार योजनाका लागि २५ लाख, ताराखोलामा तीन वटा योजनाका ३० लाख, बरेङ गाउँपालिकामा तीन योजनाका लागि २५ लाख, तमानखोलामा एउटा योजनाका लागि १० लाख बजेट विनियोजन भएका छन् ।

    प्रमुख थापाले सबै योजना कार्यान्वयनका लागि पालिकामै पुगेर उपभोक्ता समितिसँग सम्झौता गरेको जनाउँदै अझै केही बाँकी रहेकोमा केही समयमै सक्ने बताए । केही योजना सम्पन्न भइसकेको उनको भनाइ छ ।

    प्रमुख थापाले भने, ‘योजना कार्यान्वयनलाई प्रभावकारी बनाउँदै गएका छौँ, अधिकांश योजना सम्झौता भएर धमाधम काम भइरहेका छन्, यही गतिमा काम हुँदै गए, असार मसान्त अगावै सबै योजना सकिने सम्भावना देखिन्छ, केही योजना त सम्पन्न पनि भइसके, १० वटै पालिकामा थोरै धेरै योजना छन्, हामीहरूले अनुगमन गर्ने र कामको गुणस्तर पनि हेरि रहेका छौँ ।’

    गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले पर्यटनबाटै जिल्लामा समृद्धि हासिल गर्न सकिने हुँदा सबै ठाउँमा पर्यटन पूर्वाधार निर्माणमा जोड दिएको बताए ।

    यस वर्ष बागलुङलगायत गण्डकीका ११ वटै जिल्लामा पदमार्गलाई मुख्य प्राथमिकता दिएको उनको भनाइ छ । सडकले गर्दा पर्यटकको बसाइँ छोटिने हुँदा पदमार्ग निर्माणमा जोड दिएको मन्त्री थापाले बताए । पर्यटन मन्त्रालयले ओझेलमा रहेका गन्तव्यको पहिचान गरी प्रवर्द्धन र प्रचारप्रसार गर्न थालेको उनको भनाइ छ ।

    जिल्लामा परेको ७६ योजनामध्ये करिब ९५ प्रतिशत पदमार्गका छन् भने केही पाटी पौवा र सत्तल छ । पदमार्गलाई व्यवस्थित र पक्की बनाइने पर्यटन तथा उद्योग कार्यालय बागलुङले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बागलुङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।