Logo

२०८३, श्रावण २७गते


images
images

बालदिवस विशेष वक्तृत्वकलामा सेभेन स्टारकी आकृती प्रथम

बालदिवस विशेष वक्तृत्वकलामा सेभेन स्टारकी आकृती प्रथम

images
  • बालदिवस विशेष वक्तृत्वकलामा सेभेन स्टारकी आकृती प्रथम
    images
    images

    देवदह । ६०औँ बालदिवसको अवसरमा शनिबार देवदह नगरपालिकाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा आकृती चौधरी प्रथम भएकी छन् । 'बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी' विषयक वक्तृत्वकला प्रतियोगितामा सेभेन स्टार बोर्डिंङ्ग स्कुलकी छात्रा आकृती चौधरी प्रथम भएको नगर शिक्षा अधिकृत पर्शुराम ढकालले जानकारी दिए । 

    images
    images
    images

    प्रतियोगितामा मदरल्याण्ड बोर्डिंङ्ग स्कुलकी प्रेरणा न्यौपाने दोस्रो र देवदह इंलिश बोर्डिंङ्ग स्कुलका प्रशान्त देवकोटा तेस्रो भएका छन् भने न्यु लुम्बिनी इंलिश बोर्डिंङ्ग स्कुलकी खुशी घर्ती मगर सान्तवना भएकी छन् ।

    images
    images
    images

    प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाको लागि क्रमशः रु. १० हजार, सात हजार, पाँच हजार र दुई हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । 

    images
    images
    images

    देवदहमा माध्यमिक तह संचालित २७ वटा विद्यालय मध्ये २५ विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका थिए ।

    प्रतियोगितामा दलबहादुर गुरुङ, गङ्गा पोखरेल र कपिल ढकालले निर्णायकको निर्वाह गरेका थिए । 

    देवदह नगरप्रमुख ध्रुवप्रसाद खरेलको अध्यक्षता रहेको कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङको स्वागत र नगर शिक्षा अधिकृत पर्शुराम ढकालको संचालन रहेको थियो ।

    बालदिवसको अवसरमा देवदह नगरपालिका र नगर बाल संजालद्वारा देवदह-७ स्थित यशोधरा पार्कमा पुष्परोपणसहित सरसफाई समेत गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।