Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा नदिजन्य पदार्थको चोरी निकासी, खोलामा ढुंगा सकिए

देवदहमा नदिजन्य पदार्थको चोरी निकासी, खोलामा ढुंगा सकिए

images
  • देवदहमा नदिजन्य पदार्थको चोरी निकासी, खोलामा ढुंगा सकिए
    images
    images

    देवदह । देवदह नगरपालिकामा नदिजन्य पदार्थको चोरी निकासी भएको पाइएको छ । शुक्रबार स्वतन्त्र नागरिक अभियान देवदहको अगुवाइमा भएको अनुगमनको क्रममा त्यस्तो पाइएको हो ।

    images
    images
    images

    विगत लामो समयदेखि देवदहका खोलाहरूबाट चोरी निकासी भएको सूचनाको आधारमा गरिएको अनुगमनमा ढुंगा, बालुवा चोरी हुने गरेको पाइएको अभियानका प्रमुख प्रमोद खनालले बताए । ‘सामुदायिक वनका अध्यक्ष र प्रहरीसहित हामीले घोडाहा खोला र सरनखोलाको अनुगमन गर्दा दैनिकजसो खोलामा ट्रयाक्टर हालेर ढुंगा, बालुवा चोरी गर्ने गरेको प्रमाण फेला परेको छ ।’ उनले भने, ‘खोलामा जताततै ट्रयाक्टरको टायरका डाम ताजै छन् ।  स्थानीयले रातभरी ट्रयाक्टर गुडेको आवाजले सुत्न नसकिएको गुनासो गरेका छन् । स्थानीय सरकारले यसलाई नियन्त्रण गर्न नचाहेको देखियो ।’

    images
    images
    images

    अनुगमनमा सहभागी स्मृति सामुदायिक वनका अध्यक्ष भरत गुरुङले दिउँसोको समयमा वनले हेरालु मार्फत गस्ती गर्ने गरेपनि रातको समयमा चोरी हुने गरेको बताए । ‘खोलामा प्रयोगमा आउने साइजका ढुंगा देखिदैनन्, कताकति देखिएपनि लोड गर्नको लागि तयारी अवस्थामा थुपारिएका ढुंगा मात्र देखिन्छन ।’ उनले भने, ‘कसले कतिबेला चोरी गर्छ भन्ने यकिन नभएपनि खोलाको अवस्था हेर्दा चोरी हुने गरेको प्रष्ट हुन्छ । मैले यसअघि पटक पटक प्रहरीलाई खबर गरेको छु, पछिल्लो पटक त यो विषयमा नगरप्रमुखलाई समेत जानकारी दिएको छु, उहाँहरूले के गर्नुभयो, के गर्दै हुनुहुन्छ, हामीलाई जानकारी भएन ।’ 

    images
    images
    images

    nadi3.jpg

    रातीको समयमा हुने गतिविधिलाई सामुदायिक वनले चाहेर पनि नियन्त्रण गर्न नसकेको बताउँदै उनले नगरपालिका र प्रहरीको सहयोग भएमा चोरीलाई नियन्त्रण गर्न सकिने बताए । घोडाहा खोला र सरनखोलाको तीन किलोमिटर क्षेत्रमा प्रयोग गर्न मिल्ने साइजका ढुंगा सकिएको वनका अध्यक्ष गुरुङको भनाइ छ ।  

    Nadi1.jpg

    देवदह प्रहारी चौकी खैरेनीले अनुगमनको क्रममा खोलामा चोरी हुने गरेको भेटिएको बताएको छ । रातको समयमा घोडाहा खोलाको पुलदेखि दक्षिणतर्फबाट मिस्कट र उत्तरी भेगबाट ढुंगा निकासी हुने सूचना पटक पटक आउने र आफुले जानकारी पाउनासाथ गस्ती पठाउने गरेको प्रहरी चौकी देवदहका प्रमुख एक्कबहादुर नेपालीले बताए । उनले जानकारी पाएसम्म आफुले नियन्त्रणका लागि काम गरिरहेको र आगामी दिनमा थप सुरक्षा बढाएर नियन्त्रण गर्ने जानकारी दिए ।

    यसै विषयमा सेतोमसीले राखेको जिज्ञासामा देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेलले नदिजन्य पदार्थको चोरी निकासी रोक्ने काममा नगरपालिका लागिरहेको बताए । "स्थानीयले खबर गर्दा दिउँसो राती जतिबेला पनि हामी पुगेकै छौं र चोरीकार्यमा संलग्न व्यक्ति र साधनलाई नियन्त्रणमा लिएर कानुन बमोजिम कारवाही गरेका छौं ।" उनले भने, "सामुदायिक वन, स्थानीय नागरिक, प्रहरी र नगरपालिका सबैको पहलमा समाजमा हुने सबै अपराध रोक्न सकिन्छ । रातीको १२ बजे पनि फिल्डमा जान र चोरी निकासी रोक्न हामी तयार छौं ।"

    nadi2.jpg
     
    देवदहमा क्रियाशिल स्वतन्त्र नागरिक अभियानले स्थानीयस्तरमा हुने भ्रष्टाचार र बेथितिबारे सरोकारवाला निकायलाई जानकारी गराउंदै सकारात्मक दबाब दिने जनाएको छ । उक्त अभियानले राजनितिक दलमा आवद्धहरूलाई बेथिति विरुद्ध दलको सदस्यता त्याग गर्न अनुरोध समेत गर्दै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।