Logo

२०८३, श्रावण २७गते


images
images

विपी जयन्तीमा कांग्रेसले देवदहमा वक्तृत्वकला प्रतियोगिता गर्ने, ६० विद्यालय सहभागी हुने

विपी जयन्तीमा कांग्रेसले देवदहमा वक्तृत्वकला प्रतियोगिता गर्ने, ६० विद्यालय सहभागी हुने

images
  • विपी जयन्तीमा कांग्रेसले देवदहमा वक्तृत्वकला प्रतियोगिता गर्ने, ६० विद्यालय सहभागी हुने
    images
    images

    देवदह । नेपाली कांग्रेसले रूपन्देहीको देवदहमा अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । पार्टीको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति  क्षेत्र नं १ रुपन्देहीको आयोजनामा भदौ २८ गते शुक्रबार अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने भएको हो । 

    images
    images
    images

    पार्टीका क्षेत्रीय सभापति हिरा बहादुर खत्रीले नेपाली काङ्ग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला जन्म जयन्तीको अवसरमा 'बहुआयामिक शिखर व्यक्तित्व विश्वेश्वरप्रसाद कोइराला' शिर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको बताए । 

    images
    images
    images

    "प्रजातान्त्रिक समाजवादी आन्दोलनका नेता जननायक बीपी कोइरालाको जन्म दिनलाई स्मरण गर्दै नेपाली कांग्रेसले देशैभरि सप्ताहव्यापी कार्यक्रमहरु गरी  गर्दै आएको सन्दर्भमा नेपाली कांग्रेस, क्षेत्रीय समिति, क्षेत्र नं. १ रुपन्देहीले यस क्षेत्रभित्र रहेका विद्यालयहरू बीच आत्मीय सम्बन्ध स्थापित गर्न एवम् विद्यार्थीहरुको ज्ञान अभिवृद्धिका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।" सभापति खत्रीले भने, " १११ औं बी.पी. जन्मजयन्ती मनाइरहँदा बहुआयामिक व्यक्तित्व विपी कोइरालाको बारेमा विद्यालयमा अध्ययनरत विद्यार्थीले कसरी बुझेका छन् भन्ने जान्न पनि यो कार्यक्रम महत्वपुर्ण हुनेछ भन्ने विश्वास लिइएको छ ।"

    images
    images
    images

    प्रतियोगितामा सहभागिताका लागि ६० वटा विद्यालयलाई पत्रचार गरिएको पार्टीले जनाएको छ । 

    प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुनेलाई क्रमश: ११ हजार, ८ हजार, ५ हजार र दुई हजार पाँच सय नगदसहित प्रमाण-पत्र र सहभागी सम्पूर्ण विद्यार्थी र विद्यालयलाई सहभागीताको प्रमाण-पत्रको साथमा विपी कोइरालाको पुस्तक प्रदान गर्ने आयोजकले जनाएको छ । 

    कार्यक्रममा विद्यार्थीको प्रस्तुति हेर्न र आफ्ना विचार प्रस्तुत गर्न पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा सहभागी हुने जनाइएको छ । 

    वि.स. १९७१ भाद्र २४ गतेका दिन जन्मिएका विपी कोइरालाको जन्मजयन्ति र स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गर्दै आएको छ ।  देवदहमा गतसाल आयोजना गरिएको प्रतियोगितामा ३५ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।