Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा राँके जुलुस

देवदहमा राँके जुलुस

images
  • देवदहमा राँके जुलुस
    images
    images

    देवदह । देवदहमा क्रियाशील जनपक्षीय संयन्त्र देवदहले राँके जुलुस निकालेको छ । व्यवसायीसंग नेपाल विद्युत प्राधिकरणले उठाउनुपर्ने २२ अर्ब रकम असुल गर्नुपर्ने तथा देवदहमा देखिएका भ्रष्टाचार र अनियमितताको बिरुद्धमा बुधबार साँझ राँके जुलुस निकालिएको संयन्त्रका सचिव दिपक न्यौपानेले जानकारी दिए । 

    images
    images
    images

    देवदहको मिलनचोकबाट सुरु भएको जुलुस खैरेनी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । 

    images
    images
    images

    कोणसभामा बोल्दै संयन्त्रका अध्यक्ष टंक पोखरेलले व्यापारीसँग उठाउनुपर्ने २२ अर्ब रकम नउठाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिने तर जनताको घरमा बिजुलीको कनेंक्सन काट्ने र जरिवाना लगाउने जस्ता जनविरोधी कार्य भएको उल्लेख गरे । वक्यौता नउठाउँदासम्म सर्वसाधारणको घरमा मिटर रिडिङ्ग नगर्न र कुनैपनि जरिवाना नलगाउन उनले आग्रह गरे । त्यसो गरिए आफूहरू कडा आन्दोलनमा उत्रिन बाध्य हुने उनको भनाइ छ । 

    images
    images
    images

    कोणसभामा संयन्त्रका चिरन्जीवी काफ्ले लगायतले देवदह नगरपालिकामा समेत बेथिति मौलाएको उल्लेख गर्दै विरोध जनाएका थिए ।  

    राँके जुलुसमा सहभागीलाई रोक्न प्रयत्न गर्दै प्रहरीले राँको खोस्ने प्रयास गरेको थियो । 

    आयोजकले आन्दोलनमा प्रहरी हस्तक्षेप भएको भन्दै आपत्ति जनाएका छन् ।  सेतोमसीसंग कुरा गर्दै संयन्त्रका सचिव न्यौपानेले प्रहरी प्रशासन आन्दोलनलाई विथोल्न र झडप निम्त्याउन उद्दत देखिएपनि आफूहरू संयमित भएर शान्तिपूर्ण ढंगले विरोध जनाएको बताए । 

    २२ अर्ब असुल गर्नुपर्ने लगायतका माग गर्दै यसअघि संयन्त्रले विद्युत प्राधिकरण र जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # राँके जुलुस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।