Logo

२०८३, आश्विन ९गते


images
images

यूएईको आममाफी : गैरकानुनी रुपमा बसेका नेपालीलाई स्वदेश फर्कने अवसर

यूएईको आममाफी : गैरकानुनी रुपमा बसेका नेपालीलाई स्वदेश फर्कने अवसर

images
  • यूएईको आममाफी : गैरकानुनी रुपमा बसेका नेपालीलाई स्वदेश फर्कने अवसर
    images
    images

    रेशम अधिकारी, युएई । यूएई सरकारले दुई महिनाको भिसा आममाफी कार्यक्रम ल्याएको छ । यूएईले सुरु गरेको ‘आममाफी २०२४’ बाट त्यहाँ अवैध रुपमा बसेका नेपालीले लाभ लिन सक्नेछन् ।

    images
    images
    images

    गत १ सेप्टेम्बरदेखि लागु भएको यो कार्यक्रम ३० अक्टोबरसम्म चल्नेछ । भिसा अवधि पार गरेर अवैध रुपमा बसिरहेका विदेशी श्रमिक र पर्यटक (रन–वे/ओभरस्टे) लाई घर फर्किने अवसर दिन युएईले आममाफी घोषणा गरेको हो । भिसा पाएपनि यूएईको अध्यागमन नियम उल्लघंन गरेकाहरुले पनि आममाफी पाउनेछन् ।

    images
    images
    images

    उनीहरुको आवासीय स्थिति नियमित गर्न र दण्ड नदिई आफ्नो देश फर्कन अवसर दिइएको हो । कानुनी र सुरक्षित रूपमा उनीहरुको समस्या समाधान गर्ने र सम्भावित जरिवाना वा जेल सजायबाट बच्न मद्दत गर्ने यो कार्यक्रमको उद्देश्य छ ।

    images
    images
    images

    आममाफीले म्याद सकिएको कागजात लिएर बसेकाहरुलाई आफ्नो ‘स्टाटस’ परिवर्तन गरेर त्यहीँ रहन वा जरिवाना तिरेर स्वदेश फर्किन सहज हुनेछ । यूएईमा रहनका लागि भने ‘जब अफर लेटर’ आवश्यक पर्नेछ ।

    भिसाको म्याद सकिएपछि गैरकानुनी रूपमा बसेका, भ्रमण भिसाको वैधताभन्दा बाहिर बसेका र आमाबाबुले रेसिडेन्सीको लागि आवेदन नदिई युएईमा जन्मेका बच्चाहरुले यो सुविधा पाउनेछन् । यसबाहेक, रोजगारदाताहरुबाट भागेर बसेकाहरुले पनि आममाफी पाउनेछन् ।

    गैरकानुनी रूपमा युएई प्रवेश गरेका व्यक्तिहरूले यो माफीको लागि आवेदन दिन सक्ने छैनन् । ‘नियम उल्लंघन गर्ने तोकिए अनुसारका व्यक्तिहरुका लागि देशमा आफ्नो स्थिति परिवर्तन गर्ने मौका हो’, संघीय प्राधिकरणको पहिचान, नागरिकता, भन्सार र बन्दरगाह सुरक्षाका प्रमुख मेजर जनरल सुहेल सइद अल खैलीले भनेका छन्, ‘यो पहलले देशभित्रको मानवअधिकारको अवस्थालाई सुध्रन सघाउनेछ ।’

    यूएईमा बसेका मानिसहरुले उनीहरूको अधिकार पाउने, देशबाट सुरक्षित रुपमा बाहिर निस्कने वा काम गर्ने र स्टाटस फेरेर यूएईमा सभ्य रूपमा बस्न पाउने अवस्था बन्ने उनको तर्क छ ।

    आममाफीका लागि यूएईमा आफ्नो भिसा भएको इमिरेट्सभित्रका अध्यागमन कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । आबुधाबी र दुबईको भिसा भएकाले तोकिएका कार्यालयहरुमा अन्य इमिरेट्सको हकमा आईसीपी सर्भिस सेन्टरहरुमा आवेदन दिन सक्नेछन् । यस्ता सेवा केन्द्रहरू माफी अवधिमा दैनिक विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछन् ।

    एक्जिट पास प्राप्त गर्ने र देश छाड्नेहरुलाई भविष्यमा यूएई फर्किन अयोग्य नरहने गरी प्रतिबन्धको सूचीमा नराख्ने यूएई सरकारले बताएको छ । भिसा स्थिति परिवर्तन गर्न वा एक्जिट इजाजत प्राप्त गर्न कुनै शुल्क नलाग्ने व्यवस्थासमेत छ । गैरकानुनी रूपमा देशमा बस्दा पहिले लागेका जरिवाना समेत माफ गरिनेछ ।

    देश फर्किनेहरुका लागि सरकारले १४ दिनको समय दिनेछ । सो अवधिमा देश नछाडेमा फेरि पुरानै नियमअनुसार सबै जरिवाना लाग्नेछ ।

    यूएईस्थित नेपाली दूतावासले आममाफी प्रक्रियामा सहभागी हुन चाहनेहरुलाई पासपोर्ट नभएमा निःशुल्क रुपमा एकतर्फी यात्रा अनुमतिपत्र दिने व्यवस्था गरेको छ । यसरी नेपाल फर्किंदा हवाइ टिकट भने आफैंले किन्नुपर्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।