देवदह । रूपन्देहीको देवदह नगरपालिकामा रोहिणी नदीमा हाम फालेर एक जना वेपत्ता भएका छन् । प्रहरी चौकी खैरेनीका अनुसार शुक्रबार बिहान देवदह -३ टटेराका २८ वर्षीय कृष्ण थारू नदीमा हामफालेर वेपत्ता भएका हुन् ।
गएराती परेको भारी बर्षाको कारण रोहिणी खोलाको बहाव बढेसंगै बस्ती डुबानमा परेपछि प्रहरीले केही परिवारलाई उद्धार गरेको थियो । बर्षातले डुबानमा परेको टंक ब. थापाको बंगुर फर्म नजिकै बस्ने सिकन्दर थारुको परिवारलाई बिहान ५:३० मा प्रहरीले उद्धार गरेको र उनका छोरा कृष्ण थारू बिहान ९ बजेको समयमा नदीमा हाम फालेको देवदह प्रहरी चौकीका इञ्चार्ज एक्कबहादुर नेपालीले सेतोमसीलाई जानकारी दिए ।
"उनी पौडी खेल्न नदीमा हाम फाल्दा नदीले बगाएको हुन सक्ने अनुमान गरिएको छ ।" इञ्चार्ज नेपालीले भने, "उनले मदिरापान समेत गरेको बुझिएको छ । खोजीकार्य जारी छ ।"
गत रातीको वर्षका कारण डुबानमा परेका देवदह नगरपालिका वडा न.८ का बुद्धिराम नेपाली, भरत नेपाली, कमला नेपाली र भरत नेपालीलाई समेत प्रहरीले बिहान ४: ३० बजे उद्धार गरेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology