देवदह । देवदहको सोमबारे हाट बजारमा चोरी भएको छ । आइतबार रातिको समयमा हाटबजारमा चोरी भएको हाट बजार व्यवसायी संघ देवदहका अध्यक्ष मनिराम भण्डारीले जानकारी दिए ।
हाटबजारबाट एक लाख २० हजार रूपैयाँ बराबरका वाइरिङ्ग तार र होल्डर चोरी भएको अध्यक्ष भण्डारीले बताए ।
सेतोमसीसंग कुरा गर्दै अध्यक्ष भण्डारीले सिसिटिभी क्यामरा र सुरक्षाको अन्य कुनै व्यवस्था नहुँदा अपराधिक गतिविधि गर्नेहरूलाई नियन्त्रण गर्न नसकिएको बताए । "हाटबजारमा सिसिटिभी क्यामरा छैन ।" उनले भने, "निगरानीको कुनै संयन्त्र नहुँदा अपराधिक गतिविधि गर्नेहरूले चोरी लगायतका कार्य गर्ने गरेका छन् ।"
देवदह नगरपालिका र देवदह प्रहरी चौकीले घटनाको अनुसन्धान भैरहेको बताएका छन् ।
सोमबारे हाटबजारमा १८ वटा शेड रहेका छन् । जसमा २५० व्यवसायीहरूले व्यवसाय गर्दै आएका छन् भने साप्ताहिक रूपमा २५ देखि ३० लाखसम्मको कारोबार उक्त हाट बजारमा हुने गर्दछ ।
सोमबारे हाट बजारलाई देवदह नगरपालिकाले ६ लाख ११ हजारमा टेन्डरमा लगायर कर लिंदै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology