Logo

२०८३, श्रावण २७गते


images
images

क्यान्सर विरूद्ध उज्यालो

नाचगान र दरखान छोडेर क्यान्सर विरूद्ध किताब बेच्दै उज्यालो अभियन्ता

नाचगान र दरखान छोडेर क्यान्सर विरूद्ध किताब बेच्दै उज्यालो अभियन्ता

images
  • नाचगान र दरखान छोडेर क्यान्सर विरूद्ध किताब बेच्दै उज्यालो अभियन्ता
    दरखाने कार्यक्रममा पुस्तक बेच्दै उज्यालो अभियन्ताहरू । फोटो : सेतोमसी
    images
    images

    देवदह । उज्यालो लालटिन प्रतिष्ठान रुपन्देहीले प्राणघातक रोग क्यान्सरविरुद्ध लडिरहेका कवि नवराज न्यौपानेको उपचारार्थ पुस्तक बिक्री अभियान संचालन गरेको छ । तेस्रोपटक सुरु गरिएको अभियान अन्तर्गत प्रतिष्ठानले शनिबारदेखी पुस्तक विक्री सुरु गरेको छ । हरितालिका (तीज)को अवसरमा देवदहका बिभिन्न स्थानमा आयोजित तीज गीत प्रतियोगिता तथा दरखाने कार्यक्रममा स्टल राखेरै पुस्तक विक्रि गरिरहेको प्रतिष्ठानका अध्यक्ष समज्ञा अधिकारीले बताइन् ।

    images
    images
    images

    'सामाजिक रूपान्तरण, सभ्य समाज र आदर्श नागरिक निर्माणार्थ “समाजको पारदर्शिता, साहित्य र पत्रकारिता' भन्ने नारासहित स्थापना भएको प्रतिष्ठानले यसअघि २ वटा अभियान मार्फत ८३ हजार बढी रकम जुटाएर कवि न्यौपानेको उपचारार्थ पठाईसकेको जनाएको छ । अध्यक्ष अधिकारीका अनुसार गतबर्ष देवदहमा आयोजित औद्योगिक प्रदर्शनीका क्रममा पुस्तक बेचेर आएको ६२ हजार आठ सय रुपैंया र त्यसपछि पनि विभिन्न कार्यक्रममा पुस्तक बिक्रिबाट प्राप्त २० हजार ८ सय आठ रुपैंया न्यौपानेको बैङ्क खातामा पठाईसकिएको छ । 

    images
    images
    images

    "यो पटक पनि देवदह नगरपालिका र स्थानीय संघसंस्थाले आयोजना गर्ने तीजको दरखाने कार्यक्रममा कवि न्यौपानेद्धारा लिखित “सपनाका लहरहरू” नामक पुस्तक बिक्रि गर्न लागिरहेका छौं ।" अध्यक्ष अधिकारीले भनिन्, "तीजमा नाच्ने र दरखाने रहर नभएको त होइन, तर हाम्रो लागि क्यान्सर विरूद्ध लडिरहेका कविको जीवन बचाउने कार्य तीजभन्दा महत्वपुर्ण छ ।"

    images
    images
    images

    काभ्रे निवासी कवि न्यौपाने लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका छन् । क्यान्सरसँग लडिरहँदा अस्पतालको शैयाबाटै उनले “सपनाका लहरहरू-२” नामक कृति लेखेका थिए । न्यौपानेले अन्य सहयोगबाट नभई बाँचुन्जेल अफुले लेखेको पुस्तक बिक्रिबाट आउने रकमबाटै उपचार गर्ने बताउँदै आएका छन् । 

    कवि न्यौपानेले आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो उपचारमा उज्यालेले पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरेका छन् । उनले लेखेका छन् ‘मेरो यो क्यान्सर विरुद्धको लडाइँमा सोतन्त्र नेपाल जीसँग परिचय भएयता अकल्पनीय अनि अतुलनीय आर्थिक/भावनात्मक तवरले खुबै टेवा पटक पटक पाएको छु र आगामी दिनमा अझै पाउनेछु भनी विश्वस्त छु ।’ उनले प्रतिष्ठानका संस्थापक अध्यक्ष नेपाल र सम्पूर्ण टिमले देखाएको भरोसा र आँट अन्त कर्तबाट पनि नपाएको बताउँदै अभियान प्रति आभार प्रकट गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।