Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा जेसिज सप्ताह शुरु

देवदहमा जेसिज सप्ताह शुरु

images
  • देवदहमा जेसिज सप्ताह शुरु
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा देवदह जेसिज सप्ताह–२०८१ शुरु भएको छ । देवदह जेसिजको आयोजनामा भाद्र १५ देखि २२ गते सम्म सप्ताह संचालन हुने जनाईएको छ । 

    images
    images
    images

    देवदह जेसिज सप्ताह–२०८१ को एक कार्यक्रमका बीच देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सापकोटाले जेसिस लगायतका सामाजिक संघसंस्थाको सहकार्यमा नगरपालिकाले आफ्ना योजना सहज रूपमा कार्यान्वयन गर्न सक्ने बताए । "सामाजिक संघसंस्था स्थानीय सरकारका महत्वपुर्ण अंग हुन् ।" उनले भने, "सबै संघसंस्थाको सहकार्यमा देवदह नगरपालिकाले तत्कालिन र दिर्घकालिन महत्वका कार्यक्रम नगरवासीमाझ लैजान चाहन्छ । यसले योजनाको दिगो कार्यन्वयनमा सहयोग गर्छ ।"  

    images
    images
    images

    कार्यक्रम अन्तरगत नेपाल महिलाहरुको पर्व तीजको अवसरमा तीज विशेष कार्यक्रम, बाबा बगैचामा सरसफाई, माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता, अन्तर शाखा स्तरीय व्याडमिन्टन प्रतियोगिता गरी भाद्र २२ गते समापन गरिने जेसिजका उपाध्यक्ष कमला अर्यालले जानकारी दिइन् । 

    images
    images
    images

    देवदह जेसिज सप्ताह–२०८१ अन्र्तगत पहिलो दिन संसदीय बैठक प्राणाली तालिम सम्पन्न भएको छ । देवदह नगरपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण चोडामणि डुम्रेले गरेका थिए। 

    देवदह जेसिजका अध्यक्ष आनन्द पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेसिस लिडरहरू मधु भण्डारी, कमला अर्याल, चित्रबहादुर आले लगायतले बोलेका थिए  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # जेसिज सप्ताह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।