Logo

२०८३, श्रावण २७गते


images
images

नमूना एभरग्रिनमा गायन प्रतियोगिता

नमूना एभरग्रिनमा गायन प्रतियोगिता

images
  • नमूना एभरग्रिनमा गायन प्रतियोगिता
    images
    images

    देवदह । रूपन्देहीको देवदह-२ स्थित नमूना एभरग्रिनमा गायन प्रतियोगिता सम्पन्न भएको छ ।  साप्ताहिक कार्यक्रम अन्तर्गत शुक्रबार गायन प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    प्रतियोगितामा कक्षा १-३ बाट युजिना गुरुङ प्रथम, जेम्स थापा द्वितीय र रिहाना गुरुङ  तृतीय भएका छन् । त्यसैगरी कक्षा ४-८ बाट विप्लव सुवेदी प्रथम, विनोद शाही ठकुरी द्वितीय र गौरव पाण्डे तृतीय स्थान ओगट्न सफल भएका थिए । 

    images
    images
    images

    विद्यार्थीहरूको आन्तरिक प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका आयोजना गरिएको प्रतियोगिता ४५ जना विद्यार्थीहरू सहभागी भएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै  विद्यालयका प्रिन्सिपल कमल पौडेलले गायन प्रतियोगिताले विद्यार्थीहरूमा गीत गाउने अभ्यासमा वृद्धि हुने, प्रतिस्पर्धात्मक भावना जागृत हुने साथै यसले मानसिक स्वास्थ्यमा समेत सकारात्मक उर्जा प्रदान गर्ने हुँदा स्मरण शक्ति पनि बढ्ने बताए ।  

    कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक राज कुँवर, शिक्षकहरू सृष्टि बराल, अञ्जु कुमाल, रूद्र प्रसाद पाण्डे र मिनादेवी गाहा लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।