देवदह । रुपन्देहीको देवदह -२ मा अवस्थित नमूना एभरग्रिन ईङ्लिस बाेर्डिङ्ग स्कुलमा शैक्षिक सत्र २०८१ का लागी प्लेग्रुप देखि ८ सम्म भर्ना भएका ७३ नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ ।
कार्यक्रममा बालबालिकालाई खादा-माला लगाएर स्वागत गरिएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल कमल पौडेलले विद्यार्थीलाई असल आचरण कायम राख्न आग्रह गरे ।
कार्यक्रममा विद्यार्थीहरुले आफुमा भएको कला जस्तै गायन एवम् नृत्यकला पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक राज कुवर, शिक्षक मिना गाहा लगायतको उपस्थिति थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology