Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा एकैदिन १३५ युनिट रगत संकलन, ६५ प्रतिशत नयाँ रक्तदाता

देवदहमा एकैदिन १३५ युनिट रगत संकलन, ६५ प्रतिशत नयाँ रक्तदाता

images
  • देवदहमा एकैदिन १३५ युनिट रगत संकलन, ६५ प्रतिशत नयाँ रक्तदाता
    images
    images

    देवदह । देवदहमा एकैदिन १३५ युनिट रगत संकलन भएको छ ।  लायन्स क्लब अफ देवदहको नवौं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा नयाँ ८८ सहित १३५ जना रक्तदाताले रक्तदान गरेको क्लबका सचिव पवन पौडेलले जानकारी दिए । 

    images
    images
    images

    "यस क्षेत्रमा भएका रक्तदान कार्यक्रममध्ये हालसम्मकै सबैभन्दा बढी रगत संकलन भयो ।" सचिव पौडेलले भने, "नयाँ ८८ जना रक्तदाताले रक्तदान गर्नुभयो 
    । जुन कुल संख्याको ६५ प्रतिशतभन्दा बढी हो ।"

    images
    images
    images

    लायन्स क्लब अफ देवदह, लायन्स क्लब अफ प्रोफेसनल युथ र लायन्स क्लब अफ देवदह युनाइटेडको सहकार्यमा आयोजित कार्यक्रममा सामाजिक क्षेत्रमा क्रियाशील युवा र स्थानीय शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीले रक्तदान गरेका थिए । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका नगर प्रमुख ध्रुवप्रसाद खरेलले देवदहका सामाजिक संस्था संस्थाहरूले रक्त संकलन कार्यमा देखाएको सक्रियताको प्रशंसा गरे ।  देवदहवासीलाई निशुल्क रगत उपलब्ध गराउन नगरपालिकाले आवश्यक सम्झौता गरेको र त्यसको लाभ स्थानीयले लिइरहेको उल्लेख गर्दै उनले स्वास्थ्य र शिक्षा लगायतको क्षेत्रमा नगरपालिकाले उल्लेखनिय कार्य गरिरहेको जिकिर गरे । 

    तीन वटै क्लबका अध्यक्षहरू कृष्णराज पौडेल, विजय अमगाईं, माधव आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स डिष्ट्रिकका प्रथम गभर्नर पीएमजेएफ बालाराम भट्टराई, जीएसटी कोर्डिनेटर आशिष कुमार श्रेष्ठ, एरिया चिफ कोर्डिनेटर शान्ति पाठक, पुर्व अध्यक्षहरू राम बहादुर गुरुङ, विनोद थापा मगर, मनबहादुर क्षेत्रीसहित क्लबका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो । 

    रक्तसंचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखा र देवदह आदर्श बहुमुखी क्याम्पस स्ववियु सहयोगी संस्था रहेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # रगत संकलन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।