Logo

२०८३, कार्तिक २७गते


images
images

मुकुल ढकाल रास्वपाको साधारण सदस्यबाट पनि निष्काशित

मुकुल ढकाल रास्वपाको साधारण सदस्यबाट पनि निष्काशित

images
  • मुकुल ढकाल रास्वपाको साधारण सदस्यबाट पनि निष्काशित
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य डा. मुकुल ढकाललाई साधारण सदस्यबाट पनि निष्काशित गरेको छ ।

    images
    images
    images

    आज पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशित गरेको हो ।

    images
    images
    images

    गत असार १२ गते पहिलो र यही भदौ ६ गते दोस्रो पटक सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको जनाउँदै साधारण सदस्यबाट समेत हटाएको हो ।

    images
    images

    गत वैशाखमा इलाममा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरेर पार्टीको समीक्षा प्रतिवेदन तयार पारेका थिए ।

    उक्त प्रतिवेदनमा पार्टी सभापति रवि लामिछानेको कार्यशैली तथा पार्टी सञ्चालन प्रक्रियाको आलोचना गरिएको आरोप लगाउँदै रास्वपाले गत असार २५ गते महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुकुल ढकाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।