देवदह । 'आफनो कथा आफै लेखौ' भन्ने मूल नारासहित संचालन गर्न गईरहेको प्रथम मगर साहित्य महोत्सव–२०८१ सम्बन्धि देवदहमा अर्न्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर महिला संघ रुपन्देहीद्धारा मंसीर २१ र २२ गते हुने फ्रथम मगर साहित्य महोन्सवको वारेमा अर्न्तक्रिया कार्यत्रम भएको हो ।
मातृभाषा संरक्षण र सम्वर्द्धन गर्ने ध्येयले प्रथम मगर साहित्यको आयोजना गरेको महोत्सव मूल आयोजक समितिका प्रवक्ता शंकर गाहाले बताए । देवदहमा गरिएको अर्न्तक्रिया कार्यक्रममा महोत्सवको वारेमा जानकारी दिदै प्रवक्ता गाहाले महोत्सवमा ३ वटा मगर भाषामा कविता वाचन प्रतियोगिता हुने बताए ।
कविता वाचनले मगरहरुको मातृभाषा संरक्षण, सम्वर्द्धन टेवा पुग्नेमा गाहाले जोड दिए । स्थानीय तहमा गठन भएका संघका पदाधिकारी, सदस्यहरु तथा आममगरहरुलाई जानकारी दिदै महोत्सवको प्रचार प्रसार मुख्य ऊद्देश्य राखेर अर्न्तक्रिया कार्यत्रमको आयोजना गरेको उनले बताए ।
रुपन्देही जिल्लाको १६ वटै पालिकामा महोत्सवको वारेमा जानकारी सहित प्रचार प्रसार गर्ने अभियान रहेको मूल आयोजक समितिका प्रचार प्रसार संयोजक यम रानाले दिए । भाषा विना जातीय पहिचान स्थापित नहुने हुँदा प्रथम मगर साहित्यको माध्यमबाट मातृ भाषा, संस्कार, संस्कृतिको जर्गेना गर्न सकिनेमा प्रवक्ता गाहाले बताए ।
कार्यक्रमको वारेमा जानकारी दिदै प्रवक्ता गाहाले उद्घाटन दिन मगरका सांस्कृतिक भेषभूषा झल्किने पहिरन सहित र्याली गर्ने, मातृभाषामा लेखिएका कविता प्रतियोगिता, मगर भाषामा लेखिएका किताव प्रदर्शनी, मगर लेखकहरुले प्रकाशन गरेको किताव विमोचन, मगर समुदाय, देश तथा समाजलाई महत्वपूर्ण योगदान दिएका मगर अगुवाहरुको चित्रकला प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रम गरिने बताए ।
यसैगरी हरेक बर्ष उत्कृष्ट पुस्तकलाई आदिकवि जीतबहादुर सिंजाली र रेखबहादुर सारु मगर साहित्य पुरस्कार प्रदान गरिने र मगर समुदायमा योगदान दिएका एक जनालाई नेपाल मगर संघका पुर्व केन्द्रिय अध्यक्ष गोरेबहादुर खपाङ्गी पुरस्कार समेत प्रदान गरिने जनाइएको छ ।
नेपाल मगर महिला संघ रुपन्देहीका अध्यक्ष निर्मला थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय अनुशासन आयोगका सदस्य जसबहादुर पुन, नेपाल मगर संघ रुपन्देहीका सदस्य शोभाकुमारी थापा, संघका देवदह नगर अध्यक्ष मनबहादुर राना, पदम थापा, खरसिं श्रीष, विन्दु थापा, भविन्द्र थापा, ताराबहादुर थापा, तिलविक्रम बुढाथोकी लगायतले आ–आफना भनाई राखेका थिए ।
राधिका श्रीषको संचालनमा भएको कार्यक्रममा देवदह क्षेत्रका मगर अगुवाहरुको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology