Logo

२०८३, श्रावण २७गते


images
images

प्रथम मगर साहित्य महोत्सव : सञ्चारकर्मीसंग अन्तरक्रिया

प्रथम मगर साहित्य महोत्सव : सञ्चारकर्मीसंग अन्तरक्रिया

images
  • प्रथम मगर साहित्य महोत्सव : सञ्चारकर्मीसंग अन्तरक्रिया
    images
    images

    बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा आगामी मंसिर २१ र २२ गते हुने प्रथम मगर साहित्य महोत्सवको तयारीबारे बुटवलमा शनिबार अन्तरक्रिया सम्पन्न भएको छ । ‘आफ्नो कथा आफै लेखौं’ भन्ने नारा सहित संचालन हुने महोत्सवको प्रचार प्रसारलाई व्यवस्थित गराउने विषयमा मगर सञ्चारकर्मीहरु बीच अन्तरक्रिया गरिएको हो । 

    images
    images
    images

    महोत्सव तयारी समितिका प्रवक्ता शंकर गाहाले विषयवस्तु बारे प्रकाश पार्दै सबै मिडिया हाउस तथा सञ्चारकर्मीहरुसँग सहयोग लिई सूचना प्रविधिलाई अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए । 

    images
    images
    images

    छलफलकै क्रममा महोत्सवको ऐतिहासिकता, महोत्सवले दिने सन्देश र मगर लेखक तथा साहित्यकारहरुमा हुने उर्जा र प्रभावबारे समितिका प्रवक्ता गाहाले बताए ।

    images
    images
    images

    यस्तै नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष तथा प्रथम मगर साहित्य महोत्सव आयोजनाकी संयोजक निर्मला थापाले महोत्सवका लागि हालसम्म भएका तयारी बारे जानकारी गराइन् । महोत्सवले मगर भाषा, साहित्य, कला र संस्कृतिमा पार्ने दिर्घकालिन प्रभावबारे पत्रकारहरु बीच प्रकाश पारिन् । 

    कुनै पनि जाती, क्षेत्र वा समुदायको ईतिहास वा बलियो हतियारनै उनीहरुको भाषा, साहित्य र कला संस्कृति भएको बताउँदै प्रचार प्रसार समितिका संयोजक यम रानाले महोत्सवलाई सफल पार्न एकवद्ध हुनु पर्नेमा जोड दिए । रानाले मगरहरूको विषयमा सत्य तथ्य संकलन गरी समन्वयकारी सञ्जाल निर्माण गर्न तथा कला, साहित्य र बौद्धिक तथा मानसिक अभ्यास हुने क्षेत्रमा मगर समुदायको प्रभावकारी उपस्थिति गराउन महोत्सव माध्यम बन्ने उल्लेख गरे । 

    महोत्सव सफलताको शुभकामना व्यक्त गर्दै लुम्बिनी प्रदेश सञ्चार प्रतिष्ठानका अध्यक्ष मिलन गाहाले प्रचार प्रसारलाई ब्यापक बनाउन हरेक क्षेत्रका पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । महोत्सव प्रचार प्रसार उपसमितिमा रुपन्देहीका सबै मगर पत्रकारहरुलाई सदस्यको रुपमा मनोनित गरिएको छ । 

    कार्यक्रममा फोनिज रुपन्देही अध्यक्ष सनु थापा, पत्रकारहरु लोकनेश ढेंगा मगर, प्रविण गाहा मगर, गोविन्द घर्ती मगर, डिवी सुस्लिङ्ग, सुन्दर तरामु, मिन राना, आकृति थापा मगर लगायतले बोल्दै महोत्सवबारे अन्य समुदायलाई समेत जानकारी गराउँदै उनीहरुसँग पनि समन्वय गर्न आवश्यक रहेको सुझाव प्रस्तुत गरे । 

    प्रचार प्रसारलाई थप व्यवस्थित बनाउन रुपन्देहीका सबै सञ्चारगृहसँग आवश्यक समन्वय र सहकार्यमा जोड दिइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।