देवदहमा पर्वत रुपन्देही सेवा समाजको तीज मिलन कार्यक्रम
देवदह । रूपन्देहीको देवदहमा पर्वत रुपन्देही सेवा समाज देवदहले तीज विशेष कार्यक्रम गरेको छ । समाजले शनिबार खैरेनीमा तीज मिलन कार्यक्रम गरेको हो ।
पर्वतबाट बसाइसराइ गरि वा कामको शिलशिलामा देवदहमा बसोबास गर्नेहरू बीच परिचय तथा भेटघाट गर्न कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष दिनानाथ सापकोटाले जानकारी दिए ।
कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा, समाजका केन्द्रिय अध्यक्ष रामकृष्ण शर्मा लगायतको सहभागीता रहेको कार्यक्रममा देवदहका विभिन्न वडाबाट ६ सय भन्दा बढिको सहभागिता रहेको सचिव टंकप्रसाद तिवारीले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology