Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा दर खाने कार्यक्रममा सहभागी ३५ जना विरामी

देवदहमा दर खाने कार्यक्रममा सहभागी ३५ जना विरामी

images
  • देवदहमा दर खाने कार्यक्रममा सहभागी ३५ जना विरामी
    संकेतीक तस्बिर
    images
    images

    देवदह । देवदहमा तीजको दर खाने कार्यक्रममा सहभागी ३५ जना विरामी परेका छन् । बुधबार रूपन्देहीको देवदह नगरपालिका वडा नं  ६ स्थित स्थानीय साहारा आमा समूहले आयोजना गरेको दरखाने कार्यक्रममा सहभागीलाई फुड प्वाइजन भएको जनाइएको छ ।  

    images
    images
    images

    फुड प्वाइजन देखिएपछि दर खाने कार्यक्रममा सहभागी ३५ जना विरामी भएको वडा नं ६ का वडा अध्यक्ष खेम बहादुर थापाले जानकारी दिए । "पाँच जना पुरुषसहित दरखाने कार्यक्रममा सहभागी ३५ जनामा स्वास्थ्य समस्या देखिएपछि स्थानीय गिरी मेडिकल हालमा पठाइएको हो ।" उनले भने, "केही निको भइसक्नु भएको छ भने केही निको हुने क्रममा हुनुहुन्छ ।"

    images
    images
    images

    गिरी मेडिकलमा उपचार गर्न आएका मध्ये ३ जनालाई थप उपचारको लागि भलुही मेडिकल कलेज पठाईएको मेडिकल संचालक अनिता गिरीले सेतोमसीलाई जानकारी दिइन् । उनले भनिन्, "विरामीलाई फुड प्वाइजन देखिएको हो, सबैको उपचार गरिएकोछ ।  थप उपचारको लागि ३ जनालाई देवदह मेडिकल कलेज, भलुही पठाइएको छ ।"

    images
    images
    images

    आमा समुहका सदस्य र बालबालिकासहित ४०-४५ जना दरखाने कार्यक्रम सहभागी भएको र अधिकांश विरामी भएको सहारा आमा समुहका अध्यक्ष सरिता थिङ्गले सेतोमसीलाई बताइन् । गाउँमै स्थानीय स्तरमा सबैले मिलिजुली खाना बनाएर दर खाएको भएपनि के कारण सबैजना विरामी हुन पुगे भन्ने पुष्टि हुन नसकेको उनको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।