देवदह । दाङका मृगौला र क्यान्सर पिडितलाई सहयोग गर्न देवदहमा कन्सर्ट गरेर ३० हजार ३ सय संकलन गरिएको छ । देवदहका दुई किशोरहरु लभ्सन बिक र रोशन सुनारको पहलमा संकलित उक्त रकम सोमबार एक कार्यक्रम विच पिडितको खातामा जम्मा गरिएको छ ।
दुबै मृगौला खराब भएर उपचाररत दाङका १९ बर्षिय विशन बुढामगरलाई आन्द्राको क्यान्सर समेत देखिएपछि हाल उनको अवस्था नाजुक रहेकोले सहयोग गरिएको देवदहका १९ बर्षिय किशोर रोशन सुनारले बताए ।
"सामाजिक संजालमा १९ बर्षिय किशोरको नाजुक अवस्था देखेर सहयोग गर्ने इच्छा जाग्यो अनि केही साथीहरू सहित चोक चोकमा कन्सर्ट गरेर ३० हजार ३ सय जम्मा गर्यौं" अर्का १८ बर्षिय कोशिर लभ्सन बिकले बताए ।
पछिल्लो समयमा सामाजिक संजाल मार्फत एकले अर्कालाई सहयोग गर्ने प्रचलनको बाढी नै आएको छ । त्यसमा पनि धेरै विकृतिहरु देख्न सकिन्छ । एक त नक्कली पीडित देखाएर रकम असुल्ने समस्या हाल कायम छ भने अर्को यसप्रकारका सहयोग निश्चित भुगोल र समुदायमा सिमित गर्ने जमात समेत ठूलो छ ।
तर देवदहका दुई कलिला किशोर र स्थानीय सामाजिक सेवा समुह फाउन्डेसन नामक संस्था उक्त साँघुरो घेराबाट बाहिर निस्कने प्रयास गरेका छन् । रुपन्देहीका युवाले दाङमा सहयोग अनि समुदाय समेत फरक । यसप्रकारको नयाँ अभ्यास गर्ने किशोरहरूको धन्यवादको पात्र भएको स्थानीय अमृत फुलेलले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology