Logo

२०८३, आश्विन ९गते


images
images

दीपमा प्रलेसको अङ्ग्रेजी, संस्कृत र नेपाली लाेकछन्दमा कविता लेखन कार्यशाला

दीपमा प्रलेसको अङ्ग्रेजी, संस्कृत र नेपाली लाेकछन्दमा कविता लेखन कार्यशाला

images
  • दीपमा प्रलेसको अङ्ग्रेजी, संस्कृत र नेपाली लाेकछन्दमा कविता लेखन कार्यशाला
    images
    images

    बुटवल । बुटवल–८ सुख्खानगरस्थित दीप बोर्डिङ हाइस्कुलमा शनिबार अङ्ग्रेजी, संस्कृत र नेपाली लाेकछन्दमा कविता लेखन एवम् वाचन कार्यशाला सम्पन्न भएको छ ।

    images
    images
    images

    प्रगतिशील लेखक सङ्घ रूपन्देहीद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि चाैरासी वर्षीय वरिष्ठ साहित्यकार रामचन्द्र भट्टराईले जनआन्दोलन र सङ्घर्षका कारण देशको शासन सत्तामा परिवर्तन आए पनि नेतृत्वका प्रवृत्तिमा परिवर्तन नआएकाले देश समृद्ध तुल्याउन विद्यार्थी वर्ग सचेत बन्नुपर्नेमा जोड दिए ।

    images
    images
    images

    कवि भट्टराईले काला सर्प मारिएको तर हरिया सर्पहरूसँग जोगिन नसकिएको साथै माटो नै देशपे्रमीका निम्ति सर्वस्व हो भन्ने भावका आफ्ना दुई कवितांश प्रस्तुत गरे ।

    images
    images
    images

    कार्यक्रमका सभाध्यक्षसमेत रहेका विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले आफ्ना विद्यार्थीलाई साहित्यमा रुचि जगाउन र विभिन्न साहित्यिक सृजना गराउन उनीहरू नै सक्षम बनुन् भन्ने उद्देश्यले कार्यशाला  आयोजना गरिएको बताए ।

    प्रमुख प्रशिक्षक, अन्तर्राष्ट्रिय  छन्द दिवसका अभियन्ता तथा प्रगतिशील लेखक सङ्घ, रूपन्देहीका अध्यक्ष साहित्यकार कविराज पौडेल र सहायक प्रशिक्षक छन्दकवि यज्ञलाल सुवेदीले अङ्ग्रेजी भाषाका छन्द, संस्कृत छन्द र नेपाली लोकछन्दमा कविता लेख्ने तरिकाका बारेमा श्रव्यदृश्य सामग्रीमार्फत प्रस्तुति गरेका थिए । 

    दीप बोर्डिङका कक्षा दुईदेखि १० सम्मका सयभन्दा बढी विद्यार्थी सहभागी भएको कार्यक्रममा केही बालप्रतिभाले सिकाइएकै छन्द र शैली पछ्याउँदै तत्काल आफ्ना मौलिक कविता लेखेर सुनाएका थिए । विद्यालयका उपप्राचार्यद्वय कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्यका साथै प्रलेस रूपन्देहीका सदस्य एवम् सञ्चारकर्मी दीपक न्यौपाने, कलाकार पूर्णबहादुर पौडेल लगायतको आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन साहित्यकार तथा विद्यालयका शिक्षक छवि ज्ञवालीले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता लेखन कार्यशाला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।