देवदह । लायन्स क्लब अफ पाकरी वृक्षले स्थापनाको सातौँ स्थापना दिवस मनाएको छ । शनिबार देवदहमा एक कार्यक्रम गरि क्लबले स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै क्लबका जिल्ला गभर्नर पुरुषोत्तमभक्त प्रधानले निस्वार्थ भावनाले लायन्सले काम गरिरहेको बताए । आफुभन्दा माथि उठेर समाजिक काम गरिरहेको क्लबले राज्यले गर्नुपर्ने काममा समेत सहयोग गरिरहेको उनले दावी गरे ।
क्लबका अध्यक्ष विन्दु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स लिडरहरू अर्जुनमान सैजु, बालाराम भट्टराई, सन्दिप कशौधन लगायतको उपस्थिति रहेको थियो ।
क्लबका सचिव कृष्णमाया रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology