Logo

२०८३, श्रावण २७गते


images
images

पोखरा महानगरको सातौं स्थापना दिवस सकियो, आठौं पुस २ मा मनाइने

पोखरा महानगरको सातौं स्थापना दिवस सकियो, आठौं पुस २ मा मनाइने

images
  • पोखरा महानगरको सातौं स्थापना दिवस सकियो, आठौं पुस २ मा मनाइने
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवस मनाइएको छ । यस अवसरमा फागुन २५ देखि सरसफाई, सम्मान, रक्तदान, पोखरा भवन र घट्टेखोला पुलको शिलान्यास लगायतका कार्यक्रमहरू गरिएका छन् ।

    images
    images
    images

    नगरपालिका स्थापनाको ६४औं तथा महानगरपालिका स्थापनाको सातौँ दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन् । महानगरको स्वास्थ्य महाशाखाको व्यवस्थापनमा गरिएको उक्त कार्यक्रममा ५७ युनिट रगत संकलन भएको हो ।

    images
    images
    images

    यसैगरी महानगरपालिकामा सञ्चालित विद्यालयका उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको छ । लामो समय शिक्षण गरेका शिक्षकलाई दीर्घसेवा सम्मान प्रदान गरिएको छ ।

    images
    images
    images

    यस्तै, पोखरा भवनको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिका वडा नं.९ पृथ्वीचोक (साबिक गोलघर) मा बन्ने उक्त भवनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गरेका हुन् ।

    पर्यटन सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरी र घण्टाघर समेत रहने गरी निर्माण गर्न लागिएको पोखरा भवन पोखराको कोसेली घरको रूपमा रहने छ । भवनमा व्यवस्थित सूचना केन्द्र, सुव्यवस्थित पुस्तकालय, आकर्षक आर्ट ग्यालरी र टपमा घण्टा घर रहने पनि रहनेछ ।

    ०८२ को घटस्थापनाका दिन उद्घाटनको मितिसमेत घोषणा गर्दै प्रमुख आचार्यले तोकिएको समय सीमा भित्रै गुणस्तरीय निर्माणमा जोड दिए । ५ करोड १ लाख ४६ हजार ५ सय ५१ रुपैयाँ लागतमा निर्माण हुने उक्त भवनको अण्डर ग्राउन्ड पार्किङसमेत हुनेछ ।

    १ हजार २ सय ६९ दशमलव ८९ वर्ग मिटरको फ्लोर एरिया हुने भवन सुविधा सम्पन्न हुनेछ । कोजु इन्जिनियरिङले निर्माणको जिम्मा पाएको भवनमा अण्डर ग्राउन्ड पार्किङ, भुइतल्लामा कोसेली घर र सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय सहित सभा हल, तेस्रो तलामा आर्ट ग्यालरी र सभा हल तथा सबैभन्दा माथि घण्टाघर रहने छ ।

    यता, पोखरा महानगरपालिका वडा नं. १९ स्थित खुइते खोला (घट्टे खोला) मा पक्की पुल बन्ने भएको छ । पोखराको लामाचौर र माछापुच्छ्रे गाउँपालिका जोड्ने सडक खण्डमा पर्ने खुइते खोला मोटरेवल पुल दुई करोड ८२ लाख ९७ हजार एक सय ३१ रुपैयाँको लागतमा निर्माण हुन लागेको हो ।

    पुल ८ दशमलव ४ मिटर चौडा र १६ मिटर लम्बाइको हुनेछ । पुलको दुवैतर्फ १दशमलव२ मिटरको फुटट्रयाक पनि हुनेछ । पुलको उचाई जमिनबाट ११ मिटर अग्लो हुनेछ । सिङ्गल स्पानको डवल लेन पुल निर्माणको काम २०८१ को कात्तिक भित्र सम्पन्न हुनेछ ।पुलको नगर प्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा र वडा नं.१९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले संयुक्तरूपमा शिलान्यास गरे ।

    नगर प्रमुख आचार्यले पुलले पोखरा महानगरपालिकाको माथिल्लो क्षेत्र र माछापुच्छ्रे गाउँपालिकालाई दीर्घकालीनमा रूपमा जोड्ने विश्वास व्यक्त गरे । पुल निर्माणसँगै त्यस क्षेत्रको कृषि उपजहरूको बजारीकरण र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने उनले दावी गरे ।

    यसैगरी स्थापना दिवसको विशेष समारोह पोखरा सभागृहमा सम्पन्न भएको छ । सभालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, महानगर सल्लाहकार परिषद्का संयोजक आनन्दराज मुल्मी, दलका नेताहरू दिवसमान प्रधानाङ्ग र राधिका कुमारी शाही योगी, महानगरका प्रवक्ता मोतीराज तिम्सिना, कर्मचारी सङ्गठनका प्रतिनिधिहरू लगायतले सम्बोधन गरेका थिए ।आगामी वर्षदेखि महानगरपालिकाले नगरपालिका घोषणा भएको दिन पुस २ गतेलाई स्थापना दिवसका रूपमा मनाउने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सातौं स्थापना दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।