देवदह । देवदहमा महापरित्राण पाठ हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै यशोधरा भिक्षुणी विहार संरक्षण समितिले भदौ ३ गते महापरित्राण पाठ हुनेबारे जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै विहारका संयोजक गुरुमा उपेख्खाले भदौ ३ गते सोमबार पुर्णिमाको अवसरमा महापरित्राण पाठ गर्ने बताए । कोलिय गणराज्य बुद्धको मावली स्थल र मायादेवी, प्रजापति गौतमी तथा यशोधराको सम्मानमा महापरित्राण पाठ गर्न लागेको उनले बताइन् ।
पत्रकार सम्मेलनमा उनले भनिन्, "विदेशी पर्यटकहरु देवदहमा पाईला टेक्ने वित्तिकै श्रद्धाले उहाँहरुको शिर निहुरिन्छ । भगवान बुद्धका गुण स्मरण गरी श्रद्धा तथा हर्षका आंशु वहाउँदै जीवनले मुक्ति पाएको महशुस गर्दछन् । हामीहरु यस पावन भूमीमा रहेर पनि बुद्ध शासनलाई अगाडि बढाउन पहल गर्न नसक्नु विडम्वना नै मान्नु पर्दछ । हामी चाहान्छौं, भगवान बुद्धको मावली स्थल महामाया देवी प्रजापति गौतमी एवं यशोधरा माताहरुको माईती नगरी प्रभावकारी ढंगले विश्व सामु परिचित गराउन र पर्यटन प्रर्वधन विकासका साथै बुद्ध धर्मलाई केवल धर्मको रुपमा मात्र नहेरी शिक्षाको रुपमा ग्रहण गर्न आवश्यक ठानेका छौं ।"
देवदह न.पा. वार्ड नं. ७ सितलनगरस्थित यशोधरा भिक्षुणी विहारमा गुरुमा उपेख्खाको संयोजकत्वमा बुद्धको सत्य-वचन अविछिन्न रूपमा महापरित्राण पाठ हुने आयोजकले जनाएको छ । काठ्माण्डौ, लुम्बिनी र बुटवलका ३६ जना गुरुमाको सहभागिता हुने महापरित्राण पाठ रातभरी अविछिन्न रुपले गर्ने र भाद्र ४ गते विहान ७ वजे कार्यक्रम समापन हुनेछ ।
आयोजकले दिएको जानकारी अनुसार भदौ ३ गते निम्नानुसार कार्यक्रम हुनेछन् :
१) २०८१ भाद्र ३ गते विहान ८ देखि ९ वजेसम्म : ध्यान भावना
२) २०८१ भाद्र ३ गते अपराहान्न ४ बजेदेखि ५ बजेसम्म : ऋषिनी भेष धारण
३) २०८१ भाद्र ३ गते साझ ६ बजे सितलनगर चोकमा भिक्षु गूरुमा लगायत सम्पूर्ण संघ संस्था उपासक, उपासिका सहितको यशोधरा भिक्षुणि विहारसम्म : शोभा यात्रा
४ साँझ ७:३० बजेदेखि : दीप प्रज्वलन, क्षमा याचना, श्रीशरण पंचशील माग, बुद्ध वन्दना, धर्म देशना ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology