Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा चित्रकला र वक्तृत्वकला प्रतियोगिता : एशियन लाईट, सेभेन स्टार र मदरल्याण्ड प्रथम

देवदहमा चित्रकला र वक्तृत्वकला प्रतियोगिता : एशियन लाईट, सेभेन स्टार र मदरल्याण्ड प्रथम

images
  • देवदहमा चित्रकला र वक्तृत्वकला प्रतियोगिता : एशियन लाईट, सेभेन स्टार र मदरल्याण्ड प्रथम
    images
    images

    देवदह । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) देवदहले चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न  आधारभूत तह स्तरीय चित्रकला प्रतियोगिता र आधारभूत तथा माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा एशियन लाईट ई.बो स्कुल, सेभेन स्टार ई.बो स्कुल र  मदरल्याण्ड एकेडेमी प्रथम भएका छन् । 

    images
    images
    images

    चित्रकला प्रतियोगितामा एशियन लाईट ई.बो स्कुलका जेनिशा घर्ती मगर प्रथम भएकी छन् । त्यसैगरी सेभेन स्टार ई.बो स्कुलका प्रकृति गुरुङ द्वितीय, ग्रीन प्लान्ट ई.बो स्कुलका समन्वय पौडेल तृतीय र सरस्वती शिक्षालयका दिपसन धमेनाले सान्त्वना स्थान हासिल गरेका छन् । 

    images
    images
    images

    त्यस्तै आधारभूत तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा सेभेन स्टार ई.बो स्कुलको सन्ध्या भट्टराई प्रथम, बुद्ध पब्लिक ई.बो स्कुलका अनुस्का भण्डारी द्वितीय, एशियन लाईट ई. बो स्कुलका हंसराज यादव तृतीय र मदरल्याण्ड एकेडेमीका प्रभा कार्कीले सान्त्वना स्थान प्राप्त गरे ।

    images
    images
    images

    यसैगरी माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा मदरल्याण्ड एकेडेमीका प्रेरणा न्यौपाने प्रथम, ग्रीन प्लान्ट ई.बो स्कुलको स्वीकृति न्यौपाने द्वितीय, बुद्ध पब्लिक ई.बो स्कुलको दीक्षा केसी तृतीय र एशियन लाईट ई.बो स्कुलको आकाश वसेलले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् । 

    प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

    प्याब्सन देवदहका नगर अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवदह नगरपालिका नगर प्रमुख ध्रुवप्रसाद खरेल तथा प्याब्सन नेतृत्वको सहभागीता रहेको थियो । कार्यक्रम सचीव कृष्ण प्रसाद गैरेको संचालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।