Logo

२०८३, आश्विन १०गते


images
images

सरकारी कर्मचारीले सेवाग्राहीलाई गर्ने व्यवहार सुधार्नुपर्छ : उपप्रधानमन्त्री पौडेल

सरकारी कर्मचारीले सेवाग्राहीलाई गर्ने व्यवहार सुधार्नुपर्छ : उपप्रधानमन्त्री पौडेल

images
  • सरकारी कर्मचारीले सेवाग्राहीलाई गर्ने व्यवहार सुधार्नुपर्छ : उपप्रधानमन्त्री पौडेल
    images
    images

    काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

    images
    images
    images

    बुधबार ललितपुरमा सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम समापनलाई पौडेलले सबै सेवाग्राहीप्रति समान व्यवहार गर्दै कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।

    images
    images
    images

    उनले सेवाग्राहीप्रति समान व्यवहारबाट चुक्ने गरेको गुनासो आउने गरेको भन्दै यसमा राष्ट्रसेवक कर्मचारीले विशेष ध्यान दिनुपर्ने बताए ।

    images
    images
    images

    पौडेलले आफूलाई असल राष्ट्रसेवक कर्मचारी प्रमाणित गर्न पनि मैत्रीपूर्ण काम गर्नुपर्नेमा जोड दिएका छन् 

    निजामती कर्मचारीहरूले काम गर्दा कानुनसँग बाझिएको छ वा छैन भन्ने ख्याल गर्नुपर्ने समेत उनले बताएका छन् ।

    पौडलले सरुवा-बढुवाका लागि राजनीतिक दल वा मन्त्रीहरूको भनसुनबाट मुक्त हुन पनि कर्मचारीलाई निर्देशन दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।