काठमाण्डौ । लोक गायक पुस्कल शर्माले आफ्नो नयाँ तीज गीत "तोरी लाहुरे" शुक्रबार पुस्कल शर्मा युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन्। यस गीतमा पुस्कल शर्मा र गायिका शान्ति श्री परियारले आवाज दिएका छन्, भने गीतका लय र शब्द पनि गायक शर्माकै रहेको छ।
गीतको म्युजिक भिडियोमा गायक शर्मा स्वयं, सबि शर्मा, करिश्मा ढकाल, र स्मारिका ढकालले अभिनय गरेका छन्। "तोरी लाहुरे" गीतमा एक लाहुरेले केटीलाई माया प्रेम गरेपछि कुनै पनि देशको लाहुरे नरहेर तोरी लाहुरे भएको कथालाई चित्रण गरिएको छ।
पुस्कल शर्मा लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय रहेका छन् र दर्जनौं लोकप्रिय गीत गाइसकेका छन्। उनले यो गीत तीजको अवसरका लागि मात्र नभएर मेला र महोत्सवहरूमा नाच्ने गाउने खालको रमाइलो गीत भएको बताए। शर्माका "मुटु जलाइ जलाई," "म मरेको छैन," "मलामी," "सालैजो" लगायतका दर्जनौं सुपरहिट गीतहरू पनि बजारमा छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology