Logo

२०८३, श्रावण २७गते


images
images

रक्तदाताको नगर बन्दै देवदह, छोटो समयमै संकलन भयो ६२ पोइन्ट रगत 

रक्तदाताको नगर बन्दै देवदह, छोटो समयमै संकलन भयो ६२ पोइन्ट रगत 

images
  • रक्तदाताको नगर बन्दै देवदह, छोटो समयमै संकलन भयो ६२ पोइन्ट रगत 
    images
    images

    राहुल देव सापकोटा, देवदह ।  नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले 'रगत नपाए बुटवल जानू' भन्ने नारालाई स्थापित गर्दैगर्दा बुटवल छेउँको देवदह नगरपालिका रक्तदाताको नगर बन्नेतर्फ उन्मुख भएको छ ।  पछिल्लो समय नियमित जसो रक्तदान कार्यक्रम हुँदै आएको देवदहमा शनिबार मात्रै स्वतन्त्र भुतपुर्व कल्याणकारी  परिवारले आयोजना गरेको कार्यक्रममा ६२ पोइन्ट  रगत संकलन भएको छ । 

    images
    images
    images

    'छोटो तयारीमै ६२ पोइन्ट रगत संकलन गर्न सकियो । रक्तदान गर्ने र कार्यक्रममा उपस्थित हुनुहुने सम्पुर्ण प्रती आभार छौँ' स्वतन्त्र भुतपुर्व कल्याणकारी परिवार देवदहका अध्यक्ष किसन बहादुर थापाले भने । सेतोमसीसंग कुरा गर्दैगर्दा भुपु सैनिक थापा कुनै युद्ध जितेर आएको सिपाही झै खुसी देखिन्थे । उनको अनुहारमा चमक थियो ।

    images
    images
    images

    शनिबार भुतपुर्व सैनिक परिवारद्वारा आयोजित उक्त रक्तदान कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर थापा, उप-प्रमुख विद्यालक्ष्मी गुरुङ, व्यवसायी, समाजसेवी तथा स्थानीय तहका अन्य जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको व्यवस्थापन अमृत अर्यालले गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।