काठमाडौ । फ्रेन्चाइज गायन रियालिटी शो 'नेपाल आइडल’का निर्णायकहरु परिवर्तन भएका छन्। नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो।
नयाँ सिजनको निर्णायकमा वरिष्ठ संगितकार शम्भूजित बास्कोटा, गायक सुगम पोखरेल र शिवानी मोक्तान आउने भएका छन्।
नेपाल आइडल सीजन ४ मा तीन जना निर्णायकसहित मोडेल रेश्मा घिमिरे पनि जोडिएकी छिन्। उनी आसिफ शाहसँगै होस्टका रुपमा देखिनेछिन्।
यसअघि सीजन-३ सम्मका निर्णायक न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सीजन-४ का लागि नयाँ निर्णायक टीम चयन गरेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology