Logo

२०८३, श्रावण २७गते


images
images

'पत्रकारले विकृति, विसंगति, भष्ट्रचार र विभेदको विरुद्धमा कलम चलाउनुपर्छ' - पुर्वमन्त्री बराल

'पत्रकारले विकृति, विसंगति, भष्ट्रचार र विभेदको विरुद्धमा कलम चलाउनुपर्छ' - पुर्वमन्त्री बराल

images
  • 'पत्रकारले विकृति, विसंगति, भष्ट्रचार र विभेदको विरुद्धमा कलम चलाउनुपर्छ' - पुर्वमन्त्री बराल
    images
    images

    देवदह । लुम्बिनी प्रदेशका सांसद तथा पुर्वमन्त्री सुदर्शन बरालले पछिल्लो समय पत्रकारहरुले गलत कार्यको ढाकछोप गर्ने गरेको बताएका छन् । शुक्रबार प्रेस संगठन नेपाल रुपन्देहीको जिल्ला समिति बैठकलाई सम्बोधन गर्दै सांसद बरालले उक्त कुरा बताएका हुन् । 

    images
    images
    images

    पत्रकारहरुको बैठकलाई सम्बोधन गर्दै माओवादी नेता समेत रहेका बरालले  ठुला कर्पोरेट मिडियाहरुले जनतालाई विचारको राजनीतिबाट पाखा लगाउन खोजेको उल्लेख गर्दै  क्रान्तिकारी पत्रकारहरुले श्रमजीविहरुको आवाज उठाउन छोड्न नहुनेमा पत्रकारलाई सजग गराए । देशभरमा भैरहेका विकृति, विसंगति र भष्ट्रचारको विभेदमा कलम चलाउन क्रान्तिकारी  पत्रकार डराउन नहुने बताउदै उनले शासक वर्गले समाजमा भ्रम सिर्जना गरिरहेको र त्यस्ता भ्रमलाई चिर्न प्रेस संगठनका पत्रकार लाग्नुपर्ने बताए । 

    images
    images
    images

    त्यसैगरी उक्त बैठकलाई सम्बोधन गर्दै प्रेस संगठन लुम्बिनी प्रदेशका संयोजक मानसिंह विकले पछिल्लो समयमा साभार गर्ने पत्रकारिताको विकृति रहेको बताउँदै मर्यादित भएर खोज पत्रकारिता गर्न पत्रकारहरुलाई सुझाए ।

    images
    images
    images


    भेलामा नेकपा माओवादी केन्द्रका रुपन्देही जिल्ला सचिव निर्मल जि. सी, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य रुद्रहरी कुवर लगायतले  मन्तव्य राखेका थिए । 

    प्रेस संगठनको उक्त बैठकले संगठनको कार्यविभाजन र वार्षिक कार्ययोजना तय गरेको सचीव विष्णु पोखरेलले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।