देवदह । रूपन्देहीको देवदह नगरपालिका वडा नं ७ बुद्धचोकमा अवस्थित ग्रीनप्लाट आवासीय माध्यमिक विद्यालयमा क्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नियमित अतिरिक्त क्रियाकलाप अन्तरगत आइतबार कक्षा स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको विद्यालयले जनाएको छ ।
प्रतियोगितामा कक्षा २ देखि ३ सम्मका विद्यार्थी स्तरिय “विद्यार्थी जीवनमा अनुशासनको महत्व” विषयक प्रतियोगितामा ७० जना विद्यार्थीको सहभागिता रहेको थियो । जसमा कक्षा ३ 'एभरेष्ट'की दर्शना अधिकारी प्रथम, कक्षा २ 'जस्मिन'की आयना थापा द्वितीय र कक्षा २ 'लोटस'की निकिता तिवारी तृतीय भएका छन् ।
त्यसैगरी ७० जना सहभागी कक्षा ४–५ स्तरीय “वातावरण असन्तुलन र प्राकृतिक प्रकोप” विषयक प्रतियोगितामा कक्षा ५ 'मेची'की जिज्ञासा न्यौपाने प्रथम, कक्षा ५ मेचीकै सामयान के.सी द्वितीय र कक्षा ५ मेचीकै निष्मा बि.सी तृतीय भएका छन् । साथै “प्राकृतिक सम्पदाको संरक्षण र समस्याहरु” विषयक कक्षा ६-७ स्तरीय प्रतियोगितामा २९ सहभागी मध्ये कक्षा ६ 'लुम्बिनी'की सुनामी गैरे प्रथम, कक्षा ६ 'लुम्बीनी'कै हिमांशु सापकोटा द्वितीय र कक्षा ७ 'अल्फा'की आयुष्का काफ्ले तृतीय भएका छन् । कक्षा ८–९ स्तरीय नेपालमा साइबर “सुरक्षाको अवस्था र चुनौतिहरु” विषयक १५ सहभागी रहेको प्रतियोगितामा कक्षा ८ 'न्युटन'की प्रकृति न्यौपाने, कक्षा ९ 'फेवा'की सुचिता पौडेल र कक्षा ८ 'न्युटन'का सञ्जोग थापा क्रमश: प्रथम, द्वितीय र तृतीय भएको विद्यालयले जनाएको छ ।
विद्यालयको अनुसार विद्यार्थीमा अन्तर्निहीत वाककलालाई प्रवद्र्धन गर्ने उद्धेश्यले वक्तृत्वकला प्रतियोगिता गरिएको विद्यालयका प्राचार्य राजीव सापकोटाले बताए ।
विद्यालयका प्रबन्ध निर्देशक एक नारायण काफ्लेको अध्यक्षता रहेको कार्यक्रममा प्राचार्य राजीव सापकोटा, सह–प्राचार्य शंकर सुवेदी, संयोजक विष्णु पोख्रेलको उपस्थिति रहेको थियो । प्रभा कार्कीको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप शिक्षक धनमाया शर्मा र समिन गैरे निर्णायकको भूमिकामा रहेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology