Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से २०.४६ अंकले घट्यो, नाफा बुक गर्न लाग्दा साढे १९ अर्बको कारोबार

नेप्से २०.४६ अंकले घट्यो, नाफा बुक गर्न लाग्दा साढे १९ अर्बको कारोबार

images
  • नेप्से २०.४६ अंकले घट्यो, नाफा बुक गर्न लाग्दा साढे १९ अर्बको कारोबार
    images
    images

    काठमाडौँ । लगातारको वृद्धिमा ब्रेक लाग्दै सोमबार नेप्से सूचक २०.४६ अंकले घटेको छ । खासगरी नयाँ सरकार परिवर्तन र मौद्रिक नीतिपछि एकाएक ६ सय अंकमाथिले बढेको सेयर बजारमा अधिकांश लगानीकर्ताहरूले नाफा बुक गर्न लाग्दा सोमबार नेप्से सूचक ०.७६ प्रतिशतले घट्दै २६६१.०९ विन्दुमा पुगेको हो । 

    images
    images
    images

    जसको कारण सोमबार १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बराबरको ४ करोड ७७ लाख ९० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । 

    images
    images
    images

    सबैभन्दा बढी शिभम् सिमेन्टको ६१ करोड १२ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सोमबार दोस्रो र तेस्रोमा कुमारी बैंकको ५५ करोड २२ लाख ७६ हजार रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३९ करोड १८ लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    images
    images
    images

    सोमबार ७० कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको मूल्य घट्न पुगेको छ । बाँकी ४ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

    १३ वटा उपसूचकमध्ये सोमबार फाइनान्स समूहको उपसूचक १.८८ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक ०.८१ प्रतिशतले बढेको छ भने बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी सोमबार ट्रेडिङ समूहको उपसूचक ४.५४ प्रतिशतले ऋणात्मक हुनपुगेको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।