देवदह । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य वामदेव क्षेत्रीले ओली सरकारले नेपाली जनतालाई ऋणको भारी बोकाएर छोडेको बताएका छन् । माओवादी केन्द्र देवदह नगरपालिका वडा नं. ५ को वडाभेलामा बोल्दै नेता क्षेत्रीले उक्त कुरा बताएका हुन् ।
ओलीको कार्यकालमा वैदेशिक ऋण 'डवल' भएको उल्लेख गर्दै नेता क्षेत्रीले जन्मिदै ५२ हजार ॠण बोकेर जन्मिनुपर्ने अवस्थाबाट देश गुज्रिएको जिकिर गरे । नेपाल सुहाउँदो समाजवादी व्यवस्थाले मात्र विकास र समृद्धि हुने बताउँदै उनले माओवादीले राज्य नियन्त्रीत समाजवाद र परम्परागत प्रजातान्त्रिक समाजबादको बाटोमा नभई नेपाल सुहाउँदो नयाँ प्रकारको समाजवादको बाटो समात्ने बताए ।
साथै, कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका रुपन्देही जिल्ला सचीव निर्मल जिसिले माओवादी केन्द्रले देश माओवादी एजेन्डाको वरिपरि रहेको र देशको बैचारिक नेतृत्व अहिलेपनि माओवादीले आन्दोलनका एजेन्डाले गरिरहेको बताए । गणतन्त्र, संघियता र समावेसिता माओवादी आन्दोलनको मुख्य उपलब्धी भएको उल्लेख गर्दै माओवादी कार्यकर्ताले त्यसमा गर्व गर्नुपर्ने बताए ।

माओवादी केन्द्रको उक्त भेलाले बमबहादुर श्रीस अध्यक्षता र बाबुराम गिरी सचीव रहेको २२ सदस्यीय वडा कमिटी गठन गरेको छ । जसको सदस्यहरुमा नरेन्द्र अधिकारी, मुकुन्द खनाल, खुमबहादुर नेपाली, पदमसिंह थापा, उमानाथ लामिछाने, झकबहादुर छन्तेल, रविलाल विक, अशोक खराल, चाम बहादुर विष्ट, कृष्ण अधिकारी, ईसारा पुन, गीता रुचाल, गीता राना, विकास विक, वसन्त भुसाल, सूर्य प्रसाद तिवारी, अमर थापा, विस्नु अधिकारी र तारा सुनार, सन्तनारायण सुनार रहेका छन् ।
त्यसैगरी भेलाले पार्टीको सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसिएल) नेपालको संगठन समेत बनाएको पार्टीले जनाएको छ । गोपालमान गुरुङ्ग अध्यक्ष र रक्षा पुन सचीव रहेको २० सदस्यीय वाईसीएलको वडा समिती गठन भएको वाईसीएल देवदहका अध्यक्ष प्रशान्त गैरेले बताए । जसको सदस्यमा सुवास चापागाईं, गणेश भट्टराई, मनदिप शाक्य, सुमन तिवारी, जिपु चापागाईं, हेमन्त ढकाल, दिपक सिंजाली, सागर ढकाल, हेमु चापागाईं, रुपेश सिंजाली, हिरा आले, सुर्य प्रसाद तिवारी, तोयनाथ लामिछाने, कृष्ण अधिकारी, चन्द्र श्रेष्ठ, सनम श्रीष, विकास विक र चाम विष्ट रहेको गैरेले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology