Logo

२०८३, कार्तिक २५गते


images
images

साताको अन्तिम नेप्से ३२ अंकले बढ्यो, कारोबार १४ अर्ब बढी

साताको अन्तिम नेप्से ३२ अंकले बढ्यो, कारोबार १४ अर्ब बढी

images
  • साताको अन्तिम नेप्से ३२ अंकले बढ्यो, कारोबार १४ अर्ब बढी
    images

    काठमाडौं ।  साताको अन्तिम नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३२ अंकले बढेको छ । आज बिहीबार नेप्से १.२६ प्रतिशतले बढेर २५६८.११ विन्दुमा पुगेको छ । 

    images
    images
    images

    आज नेप्से बढेसँगै कारोबार रकम भने केही घटेको छ । बुधबारको तुलनामा २ अर्ब रुपैयाँ बराबरको कारोबार घटेको हो । हिजो बुधबार १६ अर्ब रुपैयाँको कारोबार हुँदा आज १४ अर्ब १३ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। 

    images
    images
    images

    आज नेप्से ३२ अंकले बढ्दा पनि विकास बैंक समूह, हाइड्रो समूह, लगानी समूह र अन्य समूह भने घटेको छ । आज सबैभन्दा बढी विकास बैंक समूह १७.९५ अंकले घटेर ५०४५.७९ विन्दुमा पुगेको छ । सबैभन्दा कम लगानी समूह ०.६८ अंकले घटेर ९२.१९ विन्दुमा पुगेको छ । 

    images
    images

    समूहमा सबैभन्दा बढी लघुवित्त समूह बढेको छ । लघुवित्त समूह आज एकै दिन ३५६.२३ अंकले बढेर ५५७१.५४ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड ०.१४ अंकले बढेर २१.२३ विन्दुमा पुगेको छ ।

    आज ३२० कम्पनीको शेयर कारोबार हुँदा १४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९६ वटा कम्पनीको शेयर मूल्य बढेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

    आज दोहोरो अंकले नेप्से बढ्दा ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर १ लाख ५९ हजार ७५७ पटक किनबेच भएको छ । आज १४ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।