Logo

२०८३, कार्तिक २५गते


images
images

कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

images
  • कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
    images

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा आज (बुधबार) रातिदेखि शुक्रबार रातिसम्म भारी वर्षाको सम्भावना छ ।

    images
    images
    images

    यसैगरी सुदूरपश्चिम प्रदेशमा विहीबार बिहानदेखि शुक्रबार बिहानसम्म भारी वर्षाको सम्भावना छ । शुक्रबारको दिन बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याइएको छ ।

    images
    images
    images

    महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा सो सम्भावनाबारे उल्लेख छ ।

    images
    images

    महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । त्यसैले देशैभर साधारणतया बदली छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा अहिले वर्षा भइरहेको छ ।

    यो समाचार तयार पार्दासम्म पछिल्लो ६ घण्टायता गण्डकी प्रदेशको नवलपुर देउरालीमा सबैभन्दा धेरै वर्षा मापन भएको छ । त्यहाँ ४५.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

    यसैगरी धादिङको गजुरीमा २८.२, गोरखाको बारपाकमा २६.६, लम्जुङको बेंसीशहरमा २३.८ र पाल्पाको अर्चलेमा २१.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।