बुटवल । आज बस्ने भनिएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । लुम्बिनी प्रदेशसभाको नवौं अधिबेशनको तेस्रो बैठक विशेष कारणबस स्थगित भएको बताइएको छ ।
यसअघि प्रमुख विपक्षी दल नेकपा एमालेले नाराबाजी गर्दै विरोध जनाएपछि लुम्बिनी प्रदेशसभाको बुधबारको बैठक अवरुद्ध भएको थियो । एमाले सांसदहरुले पार्टीले कारबाही गरेका सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेसम्म बैठक चल्न नदिने बताउदै आएकाछन ।
प्रदेशसभा सचिब दुर्लभ कुमार पुन मगरद्वारा हस्ताक्षरित सुचना पत्रमा स्थगित बैठक आगामी भदौ ७ गते सोमबार दिनको १ बजे बस्ने बताइएको छ । 
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology