Logo

२०८३, श्रावण २७गते


images
images

चौंथो स्मृति दिवसमा खेलाडी तथा प्रशिक्षक स्वर्गिय प्रधानको योगदानको चर्चा

चौंथो स्मृति दिवसमा खेलाडी तथा प्रशिक्षक स्वर्गिय प्रधानको योगदानको चर्चा

images
  • चौंथो स्मृति दिवसमा खेलाडी तथा प्रशिक्षक स्वर्गिय प्रधानको योगदानको चर्चा
    images
    images

    देवदह । देवदह सितोरियो करातेले कराँतेका खेलाडी तथा प्रशिक्षक स्वर्गीय केशव प्रधानको स्मृति दिवस मनाएको छ । स्वर्गीय प्रधानको योगदानको स्मरण गर्दै  देवदह, बुटवल र आसपासका प्रशिक्षक तथा खेलाडीले शोकसभा मनाएका हुन् ।


    २०७४ साल भदौ १ गते सडक दुर्घटनामा परि निधन भएका केशव प्रधानको चौथो स्मृतिमा सभामा बोल्दै  देवदह खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष गुमन सिंह कुँवरले स्वर्गीय प्रधानका योगदानको चर्चा गरेका थिए ।


    स्वर्गीय प्रधानको फोटोमा माल्यार्पण समेत गरिएको उक्त कार्यक्रममा बन्धु कुमाल, केशव प्रधानकी धर्म पत्नी तारा प्रधान, नगर खेलकुद विकास समितिका सदस्य विकास गहतराज, हिरा थापा, ऋषिराम सापकोटा, प्रशिक्षक शोभाखर पन्थ, योगेश प्रधान तथा सितोरियो करातेका नगर तथा जिल्ला स्तरका खेलाडी र प्रशिक्षकको सहभागिता रहेको थियो। 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।