मुकेशको घर अमरपुर र मामाघर वाग्ला पर्थ्यो । अमरपुरबाट फूलबारी घाट छल्दी खोलो तरेर वाग्ला पुग्ने छोटो बाटो थियो । अमरपुरबाट धुर्कोट हुँदै पनि वाग्ला पुगिन्थ्यो तर बाटो फेरो पर्थ्यो ।
लास भनेपछि मुकेशलाई निकै डर लाग्थ्यो। सानैदेखि लासबारे उसले विभिन्न डर लाग्दा बयान सुनेको थियो –
'लास हिँडाउने बाटोमा केहि गरी बाटो तल परियो भने लासले खान्छ रे ।'
'लास बोक्ने मान्छेलाई लासले दौडाउँछ रे । त्यसैले मलामीहरु छिटो छिटो हिँड्छन् रे ।'
'लासलाई टाढै देखि औंलाले बताउन पनि हुन्न रे । औंलै झर्छ रे ।'
'लास लिएर हिँडेका मलामीहरु गन्नु हुन्न रे ।'
यस्तै यावत् कुराले लास हिँडाल्ने बाटो हिँड्न ऊ निकै डराउँथ्यो ।
मामाघर नजिकै पर्ने भएपनि फूलबारी घाटको बाटो एक्लै मामाघर जाने हिम्मत हुँदैनथ्यो उसको ।
यस पटकको विद्यालय विदामा मुकेशले काकाको छोरो रमेशलाई साथी लगेर मामाघर गयो । तीन दिनसम्म खुबै रमाएर मामाघर बसे उनीहरु ।
चौथो दिन मामाघरमा खाना खाइवरी विदा भएर घरतर्फ लागे। वाग्लाबाट ओरालो ओरालो फूलबारी घाटतिर झर्दै थिए। केहि समय हिँडेपछि फूलबारी घाट झर्न झण्डै १५ मिनेट बाँकि थियो । माथिबाटै घाटमा धुँवा पुत्याएको देख्यो मुकेशले । मुकेशको मुटुले धसरा छोड्यो, होश् हवास् उड्यो ।
'घाटमा लास जलाउँदै छन्यो, बाटो जान हुन्न'–मुकेशले रमेशसँग भन्यो ।
'ह्या,केहि हुन्न के, यति बाटो हिँडिसकियो अब फेरी फर्केर के अर्को बाटो जानु ?'–निर्धक्क बोल्यो रमेश ।
मुकेशले ढिपी कस्यो - 'हैन हैन फर्किऊँ, यो बाटो गए त खत्तम भै हाल्छ ।'
'बिग्रने काम गर्ने हैन । बरु धुर्कोटको बाटो जाने ।'
मित्र 'उराठी' गौतम
तिलोत्तमा न पा -२, रुपन्देही
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology