Logo

२०८३, श्रावण २७गते


images
images

रुरुक्षेत्रमा काँग्रेसले संगठन सुदृढ पार्न युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्ने

रुरुक्षेत्रमा काँग्रेसले संगठन सुदृढ पार्न युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्ने

images
  • सेतोमसी सहकर्मी
  • रुरुक्षेत्रमा काँग्रेसले संगठन सुदृढ पार्न युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्ने
    images
    images

     

    images
    images
    images


    कृष्ण अन्जान गुल्मी ,
    नेपाली काँग्रेसले  आफ्नाे चौधौँ महाधिवेशनका लागि तयारी शुरु गरे सँगै वडा गाउँ क्षेत्र जिल्ला हुँदै केन्द्र सम्ममा उम्मेदवारीका चर्चा परिचर्चा शुरु भएका छन ।
    सत्तारुढ दलकाे प्रमुख घटक र नेपाली प्रजातान्त्रिक अान्दाेलनकाे अग्रणी राजनैतिक दल भएका कारणले पनि पार्टीको माहधिवेशनमा अत्यधिक लाेकतान्त्रिक प्रयास हुने गरेका विगत जस्तै याे पटक पनि घम्सा घम्सी हुने देखिएकाे छ ।

    images
    images
    images

    नेपाली काँग्रेसकाे केन्द्रीय समितिबाट महाधिवेशनकाे प्रस्ताव पारित हुँदै मिति समेत ताेकिए पछि सवैतिर पार्टी पँक्ति चलाएमान भएका छन ।

    images
    images
    images

    यसै क्रममा रुरुक्षेत्र गाउँपालिका भित्रका वडा हरुमा पनि चर्चा र सामान्य छलफल शुरु भएकाे छ ।
    याे पटक युवा उम्मेदवार हरुलाई जिम्मा दिने साेँच छ रुरुक्षेत्र गाउँ पालिका वडा न २ का नेपाली काँग्रेस का पार्टी सभापति समेत रहनु भएका पाका काँग्रेसी देवेन्द्र मल्लले बताउनु भयाे ।

    पार्टी लाई जिवन्त राख्न पाका कार्यकर्ताकाे सल्लाह मा युवाहरुले नेतृत्व लिनु पर्छ अाफुले नया पुस्तालाई नेतृत्व सुम्पिने प्रस्ताव गरेकाे मल्लकाे भनाई छ ।
    नेपाली काँग्रेस रुरुक्षेत्र गाउँ पालिका का वडा हरुमा वडा न १ मा रामचन्द्र भट्टराई २ मा देवेन्द्र मल्ल ३ मा कृष्ण ज्ञवाली ४ मा ठाकुर पन्त ५ सिद्धी नाथ श्रेष्ठ र ६ मा बेद बहादुर दर्लामी वडा सभापति रहनु भएकाे छ ।सबै पाका काँग्रेस मानिनु हुन्छ ।

    पार्टीको केन्द्रीय समितिले अधिवेशनकाे अाह्वान गरेसँगै रुरुक्षेत्रकाे वडा न १ मा अच्युत ज्ञवाली किशाेर श्रेष्ठ  र अमूल्य श्रेष्ठ वडा सभापतिका सम्भावित उम्मेद्वार हुन सक्ने सभँावना छ यसैगरी वडा न २ मा मँगल बहादुर रेगामी   र देवेन्द्र मल्ल पार्टी सभापतिकाे सँभावित उम्मेदवार हुन सक्ने सँभावना छ भने वडा न ३ मा भाष्कर ज्ञवाली र यज्ञमुर्ति ज्ञवाली वडा सभापतिका सँभावित नामहरु हुन ।यसैगरि वडा न ४ मा ठाकुर पन्त वडा न ५ मा सिद्धिनाथ श्रेष्ठ र राजकुमार श्रेष्ठ  र वडा न ६ मा वेद वहादुर दर्लामी र नवराज वस्नेत पार्टी सभापतिका  सँभावित उम्मेदवार रहेकाे काँग्रेस जन बताउँछन ।
    रुरुक्षेत्र गाउँ पालिकाकाे वडा न २ ५ र ६ मा नेपाली काँग्रेसकाे पकड राम्रो मानिन्छ वडा न ५ मा त स्थानीय निर्वाचनमा केही पदमा बिजय हासिल गरेकाे छ भने वडा न २ र ६ मा झिनाे मतले नेपाली काँग्रेस पराजित भएकाे इतिहास छ ।

    पछिल्लो चरणमा सबै वडा हरुमा काँग्रेसकाे कृयाशिल सदस्य बढेकाे र युवाहरुकाे अाकर्षण पनि काँग्रेस तर्फ रेहेकाे देखिनु का साथै केही िव्यक्ति हरु नेपाली काँग्रेसमा समाहित हुन सम्पर्कमा रहेकाले पनि रुरुक्षेत्रमा नेपाली काँग्रेस सुदृढ हुन सक्ने बताईन्छ । नेपाली काङ्ग्रेसको अधिवेशन भदौ १८ गतेबाट सुरु हुदै छ 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।