एजेन्सी । क्यारेबियन मुलुक हाइटीमा शनिबार गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या १२ सय ९७ पुगेको छ । त्यहाको दक्षिणी प्रशासनिक क्षेत्र भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएको छ । त्यहामात्रै हजार जनाभन्दा बढीले ज्यान गुमाएका छन् ।
राजधानी पोर्ट ओ प्रिन्सबाट १ सय २५ किलोमिटर टाढा केन्द्र बनाएर ७.२ म्याग्नेच्युडको भूकम्प जांदा ठुलो जनधनको क्षेती भएको हो । हजारौं घरहरु भत्किएका छन, ती भग्नावशेषमा अझै थुप्रै पुरिएको आशंका गरिएकोले मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।
त्यहा एक महिने आपतकाल घोषणा गरेर उद्धार तथा राहत कार्यलाई तिव्रता दिईएको छ ।प्रधानमन्त्री एरियल हेनरीले हाइटीमा सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग पनि अपील गरिसकेका छन ।
हाइटीमै सन् २०१० मा ७ म्याग्निच्युटको विनाशकारी भुकम्पले दुइ लाख बढिको ज्यान लिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology