Logo

२०८३, आश्विन १०गते


images
images

शुल्क स्टिकर खरिद प्रकरण : मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शुल्क स्टिकर खरिद प्रकरण : मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

images
  • सेतोमसी सहकर्मी
  • शुल्क स्टिकर खरिद प्रकरण : मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
    images
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्त:शुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल लगायतविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ ।

    images
    images
    images

    बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा चलाइएको नेपालको निजामती कर्मचारीको इतिहासमा यो पहिलो घटना हो ।

    images
    images
    images

    शुक्रबारको बोर्ड बैठकको निर्णअनुसार मुख्य सचिव अर्याललगायतविरुद्ध भ्रष्टाचार मुद्दाको फाइल लिएर अख्तियारको टोली विशेष अदालत पुगेको थियो । मुद्दाको फाइल रुजु सकिएपछि अर्यालविरुद्ध मुद्दा दायर भएको हो ।

    images
    images
    images

    अख्तियारले केही पूर्वमन्त्रीहरू पनि मुछिएको टेरामक्स प्रकरणमा पनि अर्यालविरुद्ध छानबिन थाल्दैछ । टेरामक्स प्रकरणमा अख्तियारले पूर्वमन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की र मोहनबहादुर बस्नेतसँग बयान लिइसकेको छ ।

    भ्रष्टाचार मुद्दा चल्ने भएपछी मुख्यसचिव अर्याललाई पदबाट बाहिरिन दबाब परेको थियो । मुद्दा दर्ता भएपछि स्वत: निलम्बनमा पर्ने भएकाले उनको बहिर्गमनका लागि कोसिस भएको थियो । तर उनले राजीनामा दिएनन् ।

    अर्यालविरुद्ध मुद्दा चलाउने निर्णय भइसकेको जानकारी अख्तियार प्रमुख प्रेमकुमार राईले शुक्रबार नै प्रधानमन्त्रीलाई दिएका थिए । यस्तोमा प्रचण्डले मुख्यसचिव अर्याललाई बोलाएर आइतबार बिहान करिब १ घण्टा छलफल गरेका थिए ।

    प्रधानमन्त्रीले बोलाएर उनलाई पदबाट राजीनामा दिन सुझाएका थिए । अब अर्याल मुद्दा चलिसकेपछि स्वत:निलम्बित भएका छन् ।

    अर्याल शुक्रबार भने पूरा समय कार्यालयमै थिए । अहिले देशभर सरकारको बजेट खर्च भइरहेको छ । यस्तोमा उनी शुक्रबार दिनभर कार्यालयमा बसेर काममा सक्रिय थिए ।

    अख्तियारले मुद्दा चलाएपछि अर्याल स्वतः निलम्बन भएका छन् ।

    तत्कालीन अवस्थामा अर्याल ९ महिनासम्म सञ्चार सचिव रहेका थिए । त्यो ९ महिनामा ४३ करोड ३२ लाख स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्र र प्रिन्ट सेलबीच करिब ३८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

    त्यसबेला विकल पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक थिए । पौडेल कार्यकारी निर्देशक भएका बेला ४३ करोड ३२ लाख अन्तःशुल्क स्टिकर छाप्न ठेक्का लगाइएको थियो । यो प्रकरणमा पौडेल यसअघि नै अनुसन्धानमा तानिइसकेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुख्यसचिव अर्याल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।